नवलपरासी,पश्चिम्
पश्चिम् नवलपरासीको सुस्ता स्थित एक घरमा आगलागी हुँदा ३ जना घाईते भएका छन ।सुस्ता गाउँपालिका वडा नम्बर ३ सेख्वानामा आज मध्याह्न करिब १२:३० बजेतिर विद्युत सर्ट भै आगलागी हुँदा एकै घरका ३ जना जलेर घाईते भएका हुन ।
खर टाटी र त्रिपालले छोपेलो करिब ४० मिटर लामो कच्ची घरमा ५ दाजुभाईको परिवार बस्दै आएका थिए ।
आगलागीमा परेर घाइते हुनेमा बर्ष ४० कि सतारुल नेसा,बर्ष ३५ को निजामोदिन मिया र बर्ष २३ को तैमुरदिन मिया रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक शिव कुमार क्षेत्रिले जानकारी दिनुभयो।
प्रहरीका अनुसार सरुताल नेसाको टाउको,दुबै हात र अनुहारको भाग जलि घाइते भएको,निजामुदिन मियाको दुबै हात र खुट्टाको पन्जाको भाग जलेको र तैमुरदिनको दुबै हातमा सामान्य जलन रहेको छ ।तिनै जनाको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचार भैरहेको छ ।आगलागी बाट नगद ,सुनचाँदी र अन्य जिन्सी सामान सहित २७ लाख बढिको क्षती भएको प्रहरीले जनाएको छ ।सुस्ता गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हरिलाल दुसादले पालिकाको बिपद ब्यवस्थापनको बैठक बस्ने तयारी भैरहेको जानकारी दिनुभयो।