नवलपरासीमा६ लाख बढि मुल्यका अवैध ब्रोईलर चल्ला बरामद

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ फागुन २२, बिहिबार (१ महिना अघि)
  • १८९ पटक पढिएको

 

नवलपरासी,पश्चिम्

नवलपरासीमा प्रहरीले ६ लाख बढिको अवैध चल्ला बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले सरावल १ हरकट्टा पुल नजिकै बाट चल्ला बरामद गरेको जनाएको छ ।

बेवारिसे अवस्थामा फेला परेका ४६ वटा कार्टुनमा रहेका ६ हजार २ सय ५६ गोटा अन्दाजी ६ लाख २५ हजार ६ सय मुल्यका चल्ला बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनुभयो।

बरामद गरिएका चल्लालाई पशु क्वारेनटाईन महेसपुर पठाई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।खुला सिमाका कारण प्रहरी प्रशासनलाई छलेर विभिन्न मालसामानको तस्करी हुँदै आएको छ ।प्रहरी जनशक्ति अभावमा समेत तस्करी नियन्त्रणमा कठिनाई हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन ।

:फाईल फोटो

ताजा अपडेट

खोजी गर्नुहोस