नवलपरासीको घटनामा सरकारको असक्षमता देखाए मेयर बालेनले

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ फागुन १९, सोमबार (१ महिना अघि)
  • १५५ पटक पढिएको

 

नवलपरासी,पश्चिम्

फरक समुदायको प्रेम बिवाहलाई लिएर पश्चिम् नवलपरासिको बेलासपुरमा भएको घटनलाई काठमाडौ महानगरका मेयर बालेन्द्र शाहले सरकारको असक्षमता सग जोड्नु भएको छ ।

सामाजिक संजाल फेसबुकमा एउटा लामो स्टाटस लेख्दै मेयर शाहले यस्तो उल्लेख गर्नु भएको हो ।

“सरकारले आफु मातहतका एकजना कर्मचारीलाई आवश्यकता अनुसार काममा लगाउन सक्ने रैनछ भन्ने त यहाँबाट नै पुष्टि भयो । अहिले कर्मचारी जान मान्दैनन् भन्दै राजधानीको महानगरमा कर्मचारी पठाउन नसक्ने सरकारले भोलि दंगाग्रस्त क्षेत्रमा सिडिओ जान मानेनन् भनेर पठाउन नसक्ला, अपराध रोक्न पुलिस जान सकेन भनेर पठाउन नसक्ला । एउटा घातक उदाहरण त नवलपरासी पश्चिमको सामूहिक झडपले पनि देखाएको छ”मेयर शाहको फेसबुक स्टाटसमा लेखिएको छ ।

केटा र केटि पक्षको झडपमा परी प्रहरी सहित २१ जना घाईते भएका थिए भने एक जनाको मृत्यु भएको छ । झडपमा प्रहरीको भ्यान समेत जलेको थियो ।घटनामा संलग्नलाई पक्राउ गरि कानुनी कारबाही अघि बढाईएको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस