नवलपरासी,पश्चिम्
बर्दघाट नगरपालिकाको संरक्षकत्व एवम् नव युवा क्लव बर्दघाट १६ सुर्यनगरद्वारा आयोजित लुम्बिनी प्रदेशकै दोस्रो ठूलो पुरस्कार राशी बोकेको नवौँ संस्करणको सूर्यनगर गोल्डकप २०८१ को सेमिफाइनल चरणको अन्तिम खेलमा बिरगंज युनाईटेडले जित हात पारेको छ ।
सेमिफाइनल चरणको अन्तिम खेलमा बागमती युथ क्लब सर्लाहीलाई शुन्यका विरुद्ध ४ गोलले पराजित गरेसगै बीरगञ्ज युनाइटेड (बीरगञ्ज) फाइनल चरणमा प्रवेश गरेको हो। आजको खेलको म्यान अफ दि म्याच बीरगञ्जका जर्सी नम्बर ११ अमर डङ्गोल हुन सफल हुनुभएको छ ।
खेलको पहिलो हाफमै बिरगन्जले २ गोल गर्न सफल भएको थियो ।दोस्रो हाफमा अथक प्रयासमा पनि सर्लाहिले कुनै गोल फर्काउन सकेन ।
सुर्यनगर रंगशालामा भएको दुबै टिमको आजको प्रतिस्पर्धात्मक खेल अवलोकन गर्न पुगेका दर्शकहरुले पुर्ण मनोरञ्जन प्राप्त गरेका थिए ।१६ गते हुने फाईनल खेलमा बिरगंज युनाईटेड र बाँसबारी क्लव काठमाडौ भिड्ने नवौं सुर्यनगर गोल्डकपका खेल संयोजक मीन गुरुङले जानकारी दिनुभयो ।