तेस्रो पृथ्वीवस्ती कपको उपाधी पालडाँडालाई

  • hamroaakha
  • / खेलकुद /
  • २०८१ चैत्र २३, आईतबार (५ महिना अघि)
  • २६५ पटक पढिएको

बर्दघाट।बर्दघाट नगरपालिका वडा नम्बर १५ मा पृथ्वीबस्ती युवा क्लवद्वारा संचालित तेस्रो संस्करणको पृथ्वीबस्ती कपको उपाधी सगरमाथा सामुदायिक बिकास प्रतिष्ठान पालडाडाले हात पारेको छ ।

बिपि स्मृति युवा क्लब वडा नम्बर १ सग भएको फाईनल खेलको निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि ट्राईबेकरमा एक गोलको अग्रतामा पालडाडाले उपाधी उचालेको हो ।

पुरस्कार बितरण समारोहमा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले एक वडा एक खेलकुद मैदानको अवधारणा अनुरुप नगर अघि बढेको बताउदै सबै बिद्याका खेलहरुलाई प्रोत्साहन गर्दै लगिने उल्लेख गर्नु भयो ।

चैत्र ६ गते बाट संचालन गरिएको नकाउट फुट्वल प्रतियोगितामा १८ टिमको सहभागीता रहेको आयोजक क्लबका अध्यक्ष राम बहादुर गुरुङले बताउनु भयो ।पछिल्लो समय वडाको खेलकुदको बिकासमा पनि नगरपालिकाले सहयोग गर्दै आईरहेको अध्यक्ष गुरुङले बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुने टिमले रु एक लाख र द्वितीय हुने टिमले रु ६० हजार पुरस्कार राशी प्राप्त गरेका छन ।पुरस्कार बितरण समारोहमा भूमि आयोगका जिल्ला अध्यक्ष लाल बहादुर गुरुङ,सामाजिक बिकास समिती संयोजक भिमकाजी गुरुङ,नगर खेलकुद बिकास समितीका संयोजक दिपक थापा,समाजसेवि एकदेव पाण्डे र हरि बास्तोला लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस