थारु संस्कृतीले पृथक ईतिहास बोकेको छ :संविधानसभा सदस्य खनाल

  • hamroaakha
  • / कला/संस्कृति /
  • २०८१ फागुन १४, बुधबार (६ महिना अघि)
  • १६८ पटक पढिएको

नवलपरासी,पश्चिम्

संविधानसभा सदस्य बिक्रम खनालले आदिबासि थारु समुदाय एक असल भुमीपुत्र भएको बताउदै थारु समुदायको सस्कृतीले पृथक ईतिहास बोकेको उल्लेख गर्नु भयो ।

शिवशक्ती युवा क्लब बर्दघाट ११ गैडहवा ले महाशिवरात्रीको अवसरमा आयोजना गरेको थारु समुदाय विशेष सास्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै खनालले सबैले सबैको धर्म,सस्कृती र परम्पराको सम्मान गर्दै एकले अर्काको सह अस्तित्वलाई स्विकार गरि अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।

“सस्कृतिनै नै पहिचान र सभ्यताको जननी हो,सबै समुदायका आ आफ्नै पर्व छन भेषभुशा छन यसर्थ नै नेपाल आज सबै जातजाति र भाषीहरुको सुन्दर फुलवारी हो,हामी बिच अनेकतामा एकता छ,यो भातृत्व सधै कायम राख्नु पर्छ”खनालले भन्नू भयो ।
बिभिन्न समुदायले विभिन्न समयमा गर्ने यस्ता पहिचान विशेष कार्यक्रमहरुले मौलिकताको समेत संरक्षणमा टेवा पुग्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नगर प्रवक्ता सन्त बहादुर गाहा,सामाजिक बिकास समितिका संयोजक भिमकाजी गुरुङ ,वडा नम्बर ११ का वडाध्यक्षय फरेन्द्र चौधरी लगायत थारु समुदायका अगुवाहरूको उपस्थिती रहेको थियो ।कार्यक्रम डोल्मा चौधरीले संचालन गर्नु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस