सुर्यनगर गोल्डकप : १ का विरुद्ध ३ गोल गर्दै बाँसबारी काठमाडौं फाईनल चरणमा प्रवेश

  • hamroaakha
  • / खेलकुद /
  • २०८१ फागुन १३, मंगलबार (१ महिना अघि)
  • ३५ पटक पढिएको

नवलपरासी,पश्चिम्

बर्दघाट नगरपालिकाको संरक्षकत्व एवम् नव युवा क्लव बर्दघाट १६ सुर्यनगरद्वारा आयोजित लुम्बिनी प्रदेशकै दोस्रो ठूलो पुरस्कार राशी बोकेको नवौँ संस्करणको सूर्यनगर गोल्डकप २०८१ को पहिलो सेमिफाइनल खेलमा बासबारी क्लब काठमाडौले जित हात पारेको छ ।

चारतारे युवा क्लब लेटाङ मोरङलाई १ का विरुद्ध ३ गोल गर्दै बाँसबारी क्लब काठमाडौँ फाइनल चरण प्रवेश गरेको हो। आजको खेलको म्यान अफ दि म्याच बाँसबारीका क्लव काठमाडौंका खेलाडी जर्सी नम्बर ९ सन्दीप लिम्बु हुन सफल हुनुभएको छ।

सुर्यनगर रंगशालामा भएको खेलको ७ औ दिनको खेल अवलोकनका लागि दर्शकहरुको उल्लासमय सहभागीता रहेको थियो ।खेलप्रेमी दर्शकहरुले प्याराफिट भरिभराउ रहेको थियो ।

१५ गते मगर दिवसका दिन खेलकुदका कार्यक्रम स्थगन रहने र १६ गतेको फाईनल खेल पश्चात् गोल्डकपको समापन गरीने आयोजक नव युवा क्लबले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस