नवलपरासीमा प्रेम सम्बन्धको बिषयले झडप हुँदा २१ जना घाईते,प्रहरीको गाडी जलाईयो

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ फागुन १३, मंगलबार (१ महिना अघि)
  • ३४ पटक पढिएको

नवलपरासी,पश्चिम्

प्रेम सम्बन्धको बिषयलाई लिएर पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आज बिहान स्थानिय दुई पक्ष बिच झडप भएको छ ।झडपमा २१ जना घाईते भएको प्रहरीले जनाएको छ । प्रेम जिल्लाको पाल्हीनन्दन ३ बेलासपुरमा भएको विवादको क्रममा केटा र केटि पक्ष बिच झडप हुदा ससस्त्र र नेपाल प्रहरी तर्फ १६ र अन्य तर्फ ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी ईन्स्पेक्टर नारायण थापाले जानकारी दिनुभयो ।

झडपका क्रममा घाईतेहरु मध्ये ३५ वर्षिय बिजय धवलको अवस्था गम्भिर रहेको बताईएको छ । उनको भैरहवामा उपचार भईरहेको छ।

बिबादले उग्र रुप लिएर दुई पक्षबिच झडपको अवस्था आएपछि आक्रोसित भिडले प्रहरीको गाडी र बेलासपुरमा रहेको कवार्ड गोदाममा पनि आगजनी गरेका थिए।गोदाम र प्रहरीलेको गाडी पुर्ण रुपमा जलेको छ ।


प्रहरीले घटना नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । अहिले बाक्लो मात्रामा प्रहरी परिचालन गरि अवस्था समान्य बनेको पश्चिम् नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताउनु भयो । फरक समुदाय बिच प्रेम सम्बन्ध भएको निहुँमा घटना घटेको बताईएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस