नवलपरासी ,पश्चिम्
६ बर्षदेखी अलपत्र अवस्थामा रहेको पश्चिम् नवलपरासीको नारायणचोक देखि बेलाटारी सम्मको हुलाकी सडक निर्माणको काम फाल्गुन १५ गते देखि सुरु नगरे राजधानी केन्द्रीत आन्दोलन गर्ने प्रतापपुर गाउँपालिकाले चेतावनी दिएको छ ।
सडक निर्माणका लागि पालिका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा पटक पटक पटक आन्दोलन भएपनी आन्दोलनको दबाबले काम सुरु गरेझै गरेको ठेकेदार कम्पनीले पुनः आँखामा छारो हालेको छ,काम ठप्प पारेको छ ।
सडक निर्माणको जिम्मा पाएको महालक्ष्मी बज्रगुरु कामै नगरी बज्र जस्तै बनेर बसेको छ ।पटक पटक स्थानिय तह र यहाँका निकायले झकझक्याएपनी ठेकेदार कम्पनीले काम गरेको छैन ।स्थानियले समेत सडक निर्माणका लागि पटक पटक आन्दोलन समेत गर्दै आएका छन ।
“एउटा पालिका अध्यक्ष आफै अनसन बसेको छआन्दोलन गरेको छ,कि पालिका लाई जिम्मा देउ ४ महिनामा बनाउछौ भनेको छ्न,पटक पटक यहि कुरा लिएर काठमाडौ धाएको छन,सम्बन्धित निकायमा घच्घच्याएको छ हामिले पनि देखेका छौ तर सम्बन्धित सरकारी निकायले बाटोको हालतले हाम्ले भोगेको कठिनाई देखेन” गोपिगन्जका एक स्थानियले भने ।
सडक निर्माणका लागि अध्यक्ष यादव सहितको जनप्रतिनिधि टोलि गत भदौ २८ गते आमरण अनशन बसेको थियो ।कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा समेत उपस्थित भएर एक्यवद्धता जनाउनु भएको थियो ।
लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकालको उपस्थितिमा निर्माण ब्यवसायी बिच भएको सहमती कार्यान्वयन गर्नका लागि हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुलाई प्रतापपुर गाउँपालिकाले काम तत्काल सुरु गर्न पत्राचार गरेको छ ।