पालडाँडा कपको उपाधि सनराइज एफ.सी.ले हात पार्यो

  • hamroaakha
  • / खेलकुद /
  • २०८१ माघ २२, मंगलबार (२ महिना अघि)
  • ८० पटक पढिएको

 

नवलपरासी,पश्चिम्

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ५ पालडाँडामा सञ्चालित पालडाँडा कप –२०८१ को उपाधि सनराइज एफ.सी. सुनवल १३ ले हात पारेको छ ।

उपाधिसंगै २ लाख १ हजार नगद र कप,मेडल तथा प्रमाण पत्र लिन सफल भएको छ भने उपविजेता रोशन फर्निचर भैरबले १ लाख ५ सय नगद , कप,मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
फाइनल खेलमा दुबै टिमले निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेपछि खेल ट्राइव्रेकरमा गएर टुङगीएको थियो ।

सगरमाथा सामुदायिक विकास प्रतिष्ठान,बर्दघाट–५, पालडाँडाको आयोजनामा माघ १२ गते देखि २१ गते सम्म भएको प्रतियोगितामा नेपाल र भारतका गरी १० टिमले सहभागिता जनाएका थिए ।
पाल्डाडा कप–२०८१ का लागि बर्दघाट नगरपालिका प्रमुख संरक्षक र बर्दघाट नगरपालिका वडा नं. ५ संरक्षक रहेको छ ।

 

सगरमाथा सामुदायिक विकास प्रतिष्ठानका अध्यक्ष गंगा बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगर पालिकाले खेलकुदसंग–संगै विकासका गतिविधिहरुलाई पनि जोडेर अघिबढने बताउनु भएको थियो । नगरप्रमुख श्रेष्ठले बर्दघाट नगरले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सफल भएको समेत बताउनु भएके थियो ।

क्यापटेन मानबहादुर थापाको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा वडाध्यक्ष बिमला गुरुङ ,सुकुम्वासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष लालबहादुर गुरुङलगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिव प्रसाद शर्माले गर्नु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस