नवलपरासी,पश्चिम्
सेवा ग्राहिसँग घुस लिएको अभियोगमा पश्चिम नवलपरासीको एक बिद्यालयका प्रधानाध्यापक सहित तीन जनालाई अख्तियारले आइतवार विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।
अख्तियारका प्रबक्ता नरहरी घिमिरेका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हिनन्दन गाउँपालिकास्थित राजनारायण माध्यमिक बिद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र बिद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार घुस रकमसहित अघिल्लो महिना पक्राउ गरेको थियो ।
अख्तियारले विद्यालयका प्रधानाध्यापक रेशम राज कंडेल सहि तिनै जना बिरुद्ध आइतवार बिषेश अदालतमा दायर गरेको हो । उनिहरुले सेवाग्राहिसंग ६५ हजार रकम लिदालिदै पक्राउ परेकाथिए । बिद्यालयको भवन निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीका समयमा ठेकेदारसंग रकम माग गरेको उजुरीको आधारमा उनिहरु पक्राउ परेका थिए ।
उनिहरुलाई गत पुस २४ गते अख्तियारको टोलीले लेखापालको कार्यकक्षवाटै ६५ हजार घुस सहित पक्राउ गरेको थियो । सोहि प्रमाणका आधारमा मागदाबी सहित आइतवार मुद्धा दर्ता गरिएको प्रबक्ता घिमिरेले जानकारी दिनुभयो ।