हिमालयन बैँकको हतकण्डा:अभद्र शैलिमा अर्कै बैंकको नाममा रहेको गाडीको चाबी खोसियो

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ माघ १५, मंगलबार (२ महिना अघि)
  • २७७ पटक पढिएको
नवलपरासी
प्रभु बैँकमा लोनमा रहेको गाडी हिमालयन बैँकले केही अराजक शैलिका व्यक्ति परिचालन गरेर चाबी खोस्ने हकर्त गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १२ निवासी लोक गायक भरत बहादुर पौडेल क्षेत्रीको बाग्मती प्रदेश ०१ – ०२६ च २१४६ नम्बरको गाडी यात्रामै रहेका बखत रूपन्देहीको खैरेनीमा दुईजना ब्यक्तिले रोकेर चाबी खोसेका छन ।
बिचबाटैमा एकाएक गाडीको चाबी खोसिएपछि क्षेत्री अचम्भित परेको र केही त्रसित पनि बनेको उहाँले बताउनु भयो। श्रीमान श्रीमती यात्रामा रहेका वेला नचिनेका मानिसले एक्कासि गाडी रोकेर चाबी थुतेपछि  कतै आफूलाई अपहरण गर्न खोजिएको हो की भन्ने आशङ्काले निकै डरमा परेको उहाले सुनाउनु भयो ।
गाडी रोकेर चाबी थुत्ने मानिसले यो गाडी हिमालयन बैँकले तानेको छ हामीले गाडी लिएर जान्छौं भनेपछि उनी झनै तिन छक परे । क्षेत्रीको गाडी र हिमालयन बैँक सँग कुनै सरोकार छैन । उनले गाडी प्रभु बैङ्कबाट हायर पर्चेज कर्जा लिएर लिएका हुन् । उनले ति युवालाई बैङ्कको परिचयपत्र देखाउन आग्रह गरे तर उनीहरूसँग परिचय पत्र भने नभएको क्षत्रीले बताउनु भयो ।
युवाहरूले अलि अस्वभाविक शैली र अभद्रता देखाएपछि इलाका प्रहरी कार्यालय खैरेनीमा खबर गरेर प्रहरीलाई बोलाएको उहाँले बताउनु भयो । प्रहरीले दुवै युवा लाई इलाका प्रहरी कार्यालयमा लगेको छ । “यो गाडी हाम्रो हो,तलाई पुलिस बोलाएर थुन्छ्म भनेर मलाई धाग धम्की दिए,चाबी थुते”क्षत्रिले भन्नू भयो।
ति युवाहरूको साथमा बैङ्कले गाडी तान्नका लागि गरिएको कन्ट्रयाक्ट पेपर र तान्नुपर्ने गाडिको नम्बर सहितको लिस्ट थियो । एउटा बैँकमा रहेको गाडी अर्कै बैँकले दाबी गर्दै चाबी थुतेपछी  घटनाको बारेमा प्रहरी सँग जानकारी लिँदा गाडी दुई वर्ष अगाडिनै हिमालयन बैँक बाट प्रभुमा आएको देखिएको र युवाहरूले अराजक शैली प्रदर्शन गरेर गाडी तान्न खोजेको इलाका प्रहरी कार्यालय खैरेनीले जानकारी दियो ।
“उहाँले हिमालय बैंकबाट ४ बर्ष अघि गाडी लिनु भाएको रहेछ,दुई बर्ष अगाडि गाडी प्रभु बैंकको नाममा सारिएको रहेछ तर हिमालय बैंकले रेकर्ड अधावधिक नगरेपछि उहाँ ४ बर्ष देखि सम्पर्कमा न आएको जस्तो देखिएछ,यो हिमालयन बैंकको गल्ती हो”ईप्रका खैरेनीका ईन्स्पेक्टर एक्क नेपालीले भन्नू भयो ।भोलि दुबै पक्षलाई छलफलमा बोलाईएको उहाँले बताउनु भयो ।
यस विषयमा हिमालयन बैँक केन्द्रिय कार्यालयका सूचना अधिकारी सुनिल गोर्खालीले बैँकका कर्मचारीहरू फिल्डमा खटेर गाडी नियन्त्रणमा लिन सक्ने अवस्था नभएको र यसका लागि ट्राफिक प्रहरी सँग सहयोग माग्दा पनि सहयोग नपाएपछि बैङ्कले त्यस्तै खालका युवा संग कन्ट्रयाक्ट गर्नुपर्ने अवस्था आएको उहाँले बताउनु भयो । भरतपुर शाखाले गाडीको कर्जा लिएका पटक पटक ताकेता गर्दा पनि भुक्तानी नभएका ऋण असुलीका लागि रामेछापका सन्दिप लामा सँग कन्ट्रयाक्ट गरेको गोर्खालिले बताउनु भयो । लामालेनै अराजक शैली देखाउदै क्षेत्रीको गाडीको चाबी थुतेका थिए ।
प्रभु बैबैँकको गाडी किन हिमालयन बैङ्कले तान्ने ? भन्ने प्रश्नमा उनले गाडी नम्बर टिप्ने समयमा गल्ती भएको गोर्खालिको भनाई छ । कर्जा असुलीका लागि कन्ट्रयाक्टनै गरेर गुण्डागर्दी शैलीमा व्यक्ति खटाउनुले बैँक माथी आम नागरिकले गुमाएको भरोसा झनै खस्किएको पिडित क्षत्रीको भनाई छ

ताजा अपडेट

खोजी गर्नुहोस