सुनवल नगरपालिकाद्वारा मोतिलाल क्याम्पसलाई बस हस्तान्तरण

  • hamroaakha
  • / शिक्षा /
  • २०८१ माघ ११, शुक्रबार (२ महिना अघि)
  • २०३ पटक पढिएको

 

नवलपरासी

सुनवल नगरपालिकाले सुनवल १३ बडेरा स्थित मोतिलाल बहुमुखी क्याम्पस लाई बस हस्तान्तण गरेको छ । आज एक कार्यक्रमका बिच संचालक समितिका अध्यक्ष लेखनाथ खरेललाई सुनवल नगरप्रमुख बिमला अर्याल एवम उपप्रमुख सुर्य प्रसाद दुवेले बसको चाबी हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा नगरप्रमुख अर्यालले सुनवल नगर भित्र रहेका कमजोर शैक्षिक संस्थाहरुलाई नगरपालिकाले सहयोग गर्ने निति नै बनाएको हुदा प्राथमिकिकरणका आधारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।बसले समयको बचत सगै विद्यार्थीलाई आउजाउका निम्ति निकै सहज हुने र विद्यार्थीको संख्यामा समेत बृद्दि हुने नगर प्रमुख अर्यालले बिश्वास ब्यक्त गर्नु भयो ।

क्याम्पसमा आम्दानीको स्रोत बढाउनको लागि बेसार खेती गर्न आर्थिक र प्राविधिक सहयोग गरिएको बताउदै आगामी वर्षको लागी पनि भौतिक पुर्वाधार निर्माण तर्फ रु २५ लाख बजेट विनियोजन गरिएको बताउनुभयो । उपप्रमुख सुर्य प्रसाद दुवेले क्याम्पसका समस्याहरु पहिचान गरी समाधानका साथै आर्थिक पक्ष मजबुत बनाउन सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यस्तै क्याम्पस संचालक समितिका अध्यक्ष लेखनाथ खरेलले २०६६ सालमा स्थापित यस क्याम्पसमा हाल २९० जना विद्यार्थी अध्ययनरत रहेको बताउदै गत वर्षको शैक्षिक सत्रमा ८९ प्रतिशत विद्यार्थी उक्तिर्ण गराई पश्चिम नेपालमै उत्कृष्ट रहेको क्याम्पसमा विद्यार्थी र आर्थिक अभावका कारण मानविकी संकायमा भर्ना नभएको र व्यवस्थापन विषय मात्र अध्यापन गराइएको बताउनुभयो ।

उहाले यस क्षेत्र बाट बाहिरने विद्यार्थी रोक्नु पर्ने धारणा राख्दै क्याम्पस निरन्तर संचालनका लागि सबैले चिन्तन गर्नुपर्ने बेला आएको बताउनुभयो ।

सुनवल नगरपालिकाको गत आर्थिक वर्षमा विनियोजित रकम रु ३१ लाख ५० हजार रकम बाट क्यामपसलाई बस खरिद गरिएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस