नवलपरासी,पश्चिम्
बुद्धको एकमात्र अस्थिधातु रहेको स्थल पश्चिम् नवलपरासीको रामग्राम बाट लुम्बिनीका लागि आजबाट विद्युतिय बस सेवा संचालन गरिएको छ
लुम्बिनी विकास कोषले लुम्बिनीमा रहेका विद्युतीय बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुको सहजताका लागि सेवालाई मध्यनजर गरी लुम्बिनीबाट भैरहवा हुदै परासीबाट रामग्राम स्तुप सम्म बस आउने गरि बस सेवा सुचारु गरिएको हो ।
साताको तीन दिन बस सञ्चालन हुने लुम्बिनी बिकास कोषका कोषाअध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिनु भयो “हामिले अहिले यात्रु हरुले स्वस्फूर्त रुपमा दान गर्ने गरी बसमा दान पेटिका राखेर सञ्चालन गरिरहेका छौ,पछि कार्यबिधि तयार गरेर निरन्तरताका लागि केही सेवा शुल्क लिएर पनि सञ्चालन गर्न सक्छौं”भट्टराईले भन्नू भयो ।आईतवार ,मङ्गलबार र बिहिवार बस संचालन हुने जनाईएको छ ।
रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले विद्युतिय बस सञ्चालनका लागी लामो समय देखि रामग्रामबाट बस सेवा सुरु गर्न प्रयास गर्दै आएकोमा बल्ल कार्यान्वयमा आएको बताउनुभयो । बस सञ्चालन पछि स्तुपको प्रचार प्रसार सगै यस क्षेत्रको पर्यटन बिकासमा समेत टेवा पुग्ने यादवले बिश्वास व्यक्त गर्नु भयो ।
वुद्धको अस्थीधातु रहेको स्थलको विकासका लागी स्थानिय सरकार प्रयासरत रहेपनि प्रदेश तथा संघिय सरकार अपेक्षित रुपमा ध्यान नदिदा सामान्य अध्ययनको काम समेत पुरा हुन नसकेको गुनासो गर्नु भयो ।
लुम्बिनी सर्किट क्षेत्रलाई यातायातले जोड्ने कार्यक्रमअन्तर्गत लुम्बिनीदेखि रामग्राम स्तुपसम्म बस सेवा संचालनमा ल्याइएको हो ।
बस सेवा संचालनमा आएपछि लुम्बिनी आएका पर्यटक रामग्राम आउन र रामग्रामका पर्यटक लुम्बिनी जानका लागि सहज हुने आशा गरिएको छ । यसअघि पनि २०७९ असोज १३ मा यो बस सेवा संचालनमा आए पनि केही दिनमै बन्द भएको थियो ।
अहिले धम्मयात्रा लेखेर परीक्षणका रुपमा बस संचालनमा ल्याइएको जनाईएको छ। एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा लुम्बिनी विकास कोषलाई विद्युतीय बस प्राप्त भएको थियो । तर,अनुदान प्राप्त भएको ६ वर्ष हुन लाग्दासमेत यसको व्यवस्थित र दीर्घकालीन प्रयोग भने हुन सकेको थिएन ।