नवलपरासी
अहिले संस्थागत र सामुदायिक विधालयमा पढ्ने विधार्थीहरु विच कुनै फरक नभएको जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष भगौती प्रसाद यादव (रुदल) बताउनु भएको छ । बर्दघाट–१४, कञ्जनपुरमा रहेको सरस्वती मा.बि.मा पढेका बिधार्थीहरु पनि अब्बल र सक्षम भएको आफुले देख्न पाउदा खुशि ब्यक्तगर्दै अध्यक्ष यादवले अब भभिभावकहरुले आफ्नो क्षेत्रका सामुदायिक विधालयहरुलाई गुणस्तरी शिक्षा प्रदान गर्ने प्रविधि मैत्री विधालय बनाउन सबै लाग्न जरुरी रहेको बताउनु भएको थियो ।
बर्दघाट–१४, कञ्जनपुरमा रहेको सरस्वती मा.बि.कोे स्वर्ण जयन्ती कार्यक्रमको तेस्रो दिन प्रमुख अतिथिका रुपमा रहनु भएका जिल्ला समन्वय समितिका अध्यक्ष भगौती प्रसाद यादव (रुदल)ले सामुदायिक विधालयमा शिक्षालाई ब्यवहारीक र सिपयुक्त बनाउदै लैजानु पर्नेमा जोड दिनु भएको थियो ।आफ्ना बालबालिकालाई सामुदायिक बिधालय तर्फ उत्प्रेरित गराउन यादवले आग्रह गर्नु भएको छ ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै बिद्यालयका प्र.अ. सोमनाथ अधिकारीले कार्यक्रम गर्दा सकेसम्म सबै पक्षमा ध्यान दिइरहेको बताउदै कतै कमी कम्जोरी भएको भए त्यसलाई सच्चाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
पूर्व विधार्थी सागर वि.क. धर्मराज सापकोटा,रामबहादुर भण्डारी लगाएतले बोल्दै बिधालयले समयानुकुल आफुलाई परिवर्तन गर्न जरुरी रहेको बताएका थिए भने धर्म सापकोटाले बिधालय जस्तो संस्थामा राजनितिक गन्ध आएका कारण विधालय पछि पर्न सक्ने भएकाले राजनितिकलाई टाढा राखेर सामाजिक भावनाले काम गर्न आग्रह गर्नु भएको थियो ।
विधालय ब्यवस्थापन समितिका अध्यँक्ष तथा स्वर्ण जयन्ती मुल समारोहमा संयोजक धु्रब जमर कट्टेलको अध्यक्षता र शिक्षक अभिभावक संघका अध्यक्ष तथा स्वर्ण जयन्ती महोत्सव समारोहका सचिव लक्ष्मण प्रसाद पाण्डेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठ,सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा पूर्व बिधार्थीहरुलाई सम्मान गर्ने देखि बिधार्थीहरुका प्रतिभालाई प्रस्तुत गरीएको थियो । त्यसैगरी राष्ट्रिय गायक रामचन्द्र काफ्लेको गायन प्रस्तुतीले कार्यक्रमलाई थप रौनकता प्रदान गरेको थियो ।