सीप र सस्कारयुक्त शिक्षा अबको आवश्यकता :सांसद पाठक

  • hamroaakha
  • / शिक्षा /
  • २०८१ माघ ५, शनिबार (२ महिना अघि)
  • १३८ पटक पढिएको

 

नवलपरासी

लुम्बिनी प्रदेशसभा सदस्य एवं बन तथा बाताबरण समितिका सभापति बिश्वप्रेम पाठकले अबको शिक्षा सीप र सस्कारयुक्त हुनु पर्नेमा जोड दिनु भएको छ ।समयको बिकास सगै शिक्षा प्रणाली समेत परिमार्जन गर्दै लैजानु पर्ने सांसद पाठकले बताउनु भयो ।

सरस्वती मावी बर्दघाट १४ कुन्जनपुरको स्वर्ण जयन्ती समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै पाठकले प्रविधी र सीपयुक्त शिक्षा नहुदा युवा शक्ति पलायन हुनुको एउटा कारण पनि रहेको उहाँले बताउनु भयो ।”शिक्षा सीप युक्त हुनु पर्छ,सस्कारयुक्त पनि हुनुपर्छ युग सुहाउँदो हुनुपर्छ,अब स्थानिय तहले पनि बिषयगत रुपमा प्राविधिक शिक्षालाई जोड दिन जरुरी छ”पाठकले भन्नू भयो ।
विद्यालय को बिकास र शैक्षिक गुणस्तर सुधार सगै उपयुक्त पठन पाठनको बाताबरण तयार गरिदिनका लागि आम अभिवाक शिक्षक र सरोकारवालाहरु एकजुट भएर लाग्नु पर्ने उहाँले बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक सोमनाथ अधिकारीले बिद्यालयको ईतिहासका बारेमा बारेमा जानकारी गराउदै बिगतदेखि नै सरस्वती माबिमा प्राविधिक शिक्षाका लागि पहल गरिरहेको बताउनु भयो ।कार्यक्रममा निरन्तर रुममा बिधालयमा योगदान पुर्वाउनुहुने महानुभावहरुलाई सम्मान गरिएको छ भने दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको साङ्गितिक प्रस्तुति समेत रहेको छ ।

माघ ४ गते देखि सुरु भएको स्वर्ण जयन्ती महोत्सव ८ गते सम्म सञ्चालन हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस