नवलपरासी
५० औ बर्ष पार गरेको अवसरमा बर्दघाट नगरपालिका वडा नम्बर १४ कुन्जनपुरमा रहेको सरस्वती माबीको स्वर्ण जयन्ती महोत्सव आज बाट सुरु भएको छ ।
कार्यक्रमको संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भर्चुवल सम्बोधन मार्फत उद्घाटन गर्नु भएको हो ।मन्त्री चौधरीले खेलकुदको पहिलो पाठशाला नै बिद्यालय भएको बताउदै बिधालयले खेलकुद मैत्री बाताबरण तयार गरिदिनु पर्नेमा जोड दिनु भयो ।
लुम्बिनी प्रदेशकाबन तथा बाताबरण मन्त्री देवकरण प्रसाद कलवारले शिक्षा उज्यालो ज्योती भएको उल्लेख गर्दै यस क्षेत्रको शैक्षिक बिकासकालागी आफ्नो पुर्ण सहयोग रहने बताउनु भयो ।
बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले भौतिक बिकासले मात्रै शैक्षिक गुणस्तर सुधार नहुने उल्लेख गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनु भयो ।शिक्षकहरु पनि युग सुहाउँदो हुनु पर्ने बताउदै उहाँले प्रविधिमा दखल नराख्ने शिक्षकहरुले बिदा लिनु पर्ने बताउनु भयो ।बर्दघाट नगरपालिकाले पछिल्लो समय प्रविधीमैत्री शिक्षालाई जोड दिएको उल्लेख गर्दै चालू आर्थिक बर्षमा आधारभूत र प्रावी तहका शिक्षकहरुलाई ल्यापटप बितरण गरिने जानकारी दिनु भयो ।
बर्दघाट नगरपालिका वडा नम्बर १४ का अध्यक्ष एवं नगरप्रवक्ता सन्त बहादुर गाह सरस्वती माबीले ५० औ बर्ष पार गरिरहदा बिधालयलाई यो अवस्थामा ल्याउन थुप्रै समाजसेवी हरुको अतुलनीय योगदान रहेको स्मरण गर्दै आफुहरु निर्वाचित भैसकेपछी भौतिक पुर्वाधार बिकासले समेत गति लिएको उल्लेख गर्नु भयो ।
स्वर्ण जयन्तीको उद्घाटन समारोहमा बोल्दै बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष एवम् स्वर्ण जयन्ती मुल समारोह समितिका अध्यक्ष ध्रुब जमरकट्टेलले बिद्यालयको स्थापनाकालदेखि सहयोग गर्ने,योगदान गर्ने महानुभावहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो ।
कार्यक्रमको पुर्वसन्ध्यामा जनप्रतिनिधि, स्थानिय क्लब संघ सस्था,बिद्यार्थी,शिक्षक, एवम् स्थानियहरुको सहभागीतामा कलशयात्रा समेत निकालिएको थियो ।कार्यक्रममा संविधानसभा सदस्य सिन्धु जलेशा,भुमी आयोगका अध्यक्ष लाल बहादुर गुरुङ,नेपाली काङ्ग्रेस नगरसभापती दामोदर जिसि लगायतले मन्तव्य राख्नु भएको थियो ।
फोटो फिचर :(हेर्नुहोस)👇️