पृथ्वीचन्द्र अस्पतालले डायलासिस सेवा सुरु गर्दै,सेवा नयाँ भवनबाट

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ माघ ३, बिहिबार (२ महिना अघि)
  • १०९ पटक पढिएको

नवलपरासी

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा मृगौलाको डायलाईसिस सेवा सुरु हुने भएको छ । जिल्लामै पहिलो पटक डायलाईसिस सेवा जिल्ला अस्पतालबाट सुरु हुन लागेको हो । गत वर्षनै प्रदेश सरकारले डायलाईसिस सेवाका लागी आवश्यक उपकरण र जनशक्ति पठाईसकेपनि स्थान अभावका कारण संञ्चालन हुन सकेको थिएन् । अहिले अस्पतालले भर्खरै निर्माण सम्पन्न भएको नयाँ भवन बाट सेवा शुभारम्भ गरेसंगै पुरानो भवनमा डायलाइसिस सेवा सुरु गर्ने तयारी भईरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरानो भवन खाली गराउने काम भईरहेको र उक्त भवनमै डायलाइसिस सेवा सुरु गर्ने गरी काम भईरहेको छ । प्राप्त उपकरण जडानका लागी प्राविधिकहरु बोलाईएको र उनिहरु आउने वित्तिकै जडान गरेर सेवा शुभारम्भ गर्ने अस्पतालले जनाएको छ । परासीमै डायलाइसिस सेवा सुरु भएमा मृगौलाका बिरामिलाई धेरै सहज हुने छ । अहिले बुटवल भैरहवा जानुपर्ने बाध्यता छ ।

पृथ्वी चन्द्र अस्पताल अहिले सुविधा सम्पन्न नयाँ भवनबाट संञ्चालनमा आएको छ । लिफ्ट सुविधा सहितको भवनका फराकिलो कोठाहरुलाई व्यवस्थीत गरेर सेवा प्रवाह सुरु गरिएको डाक्टर होदाले बताउनुभयो । अझै व्यवस्थापनको केहि काम बाँकि रहेको उहाँको भनाई छ । भवनको उद्घाटन भने भएको छैन् । १३ करोड ६६ लाख लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस