बर्दघाटको चौपत्तामा १८ औँ खिचडी महोत्सव, थारु संस्कृतिको जगेर्ना गर्नु पर्नेमा जोड

  • hamroaakha
  • / कला/संस्कृति /
  • २०८१ माघ २, बुधबार (२ महिना अघि)
  • १०५ पटक पढिएको

 

नवलपरासी । मकर संक्रान्ति एवं माघी पर्वको अवसरमा वर्दघाट नगरपालिका वडा नम्बर १२ चौपत्तामा मङ्गलबार विशेष महोत्सवको आयोजना गरियो ।

स्थानीय सम्झना महिला समूह कि अध्यक्ष रमिता चौधरीको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलको प्रमुख आतिथ्यमा महोत्सवको समुद्घाटन गरिएको हो । सो अवसरमा पूर्व गृह राज्यमन्त्री कण्डेलले वर्षौंदेखि थारु समुदायले उपयोग गर्दै आएको माघी महोत्सव स्थल भोगचलनमा कसैले अवरोध गर्न नसक्ने बताउनुभएको छ। नेता कण्डेलले थारु समुदायको कला, संस्कृति जगेर्ना र प्रवर्द्धन गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष जोड दिनुपर्ने बताउनु भयो।

१८औँ खिचडी महोत्सवको नाम दिइएको कार्यक्रममा महिला तथा पुरुषहरूको रसातान, भलिबल प्रतियोगिता, थारु समुदायका कलात्मक वस्तुहरूको प्रदर्शनी, थारु समुदायले खाने खाना, लगाउने कपडा लगायतका वस्तुको प्रदर्शनी साथै विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ।

सो अवसरमा प्रदेश साम्सद बिश्वप्रेम पाठक बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरी, थारु कल्याणकारी सभाका जिल्ला सदस्य कन्हैया चौधरी लगायतले माघी पर्वको शुभकामना व्यक्त गर्नु भएको थियो ।पश्चिम् नवलपरासीको परासी  मनहरी,बर्दघाटको धर्मबस्ती लगायतका विभिन्न ठाउँमा माघी पर्व मनाईदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस