सरस्वती माबिको स्वर्ण जयन्ती माघ ४ देखी,तयारी अन्तिम चरणमा

  • hamroaakha
  • / शिक्षा /
  • २०८१ माघ १, मंगलबार (२ महिना अघि)
  • २१० पटक पढिएको

 

नवलपरासी

गुणस्तरीय प्रविधि मैत्री शिक्षा,सरस्वती मा.बि.को प्रतिवद्धता भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको बर्दघाट–१४ कुञ्जनपुरमा रहेको सरस्वती मा.बि.ले यहि माघ ४ गते देखि ८ गते सम्म मनाउन लागेको स्वर्ण जयन्ती महोत्षबको तयारी पुरा भएको जनाएको छ ।

स्वर्ण जयन्ती महोत्षब मुल समारोह समितिले आज विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी स्वर्ण जयन्ती महोत्षबको तयारी पुरा भएको विधालयका प्र.अ.सोमनाथ अधिकारीले बताउनु भयो ।

त्यसैगरी विधालय ब्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण जयन्ती मुल समारोह समितिका संयोजक धु्रबराज जमरकट्टेलले स्वर्ण जयन्ती मनाउनका लागि बिभिन्न किसीमका तयारी र कार्यक्रमहरु तय गरीएको बताउनु भएको छ ।

माघ ४ गते देखि ८ गते सम्म हुने स्वर्ण जयन्ती मुल समारोहमा विधालयलाई सहयोग गर्ने दानविर तथा समाज सेवीहरुलाई सम्मान गर्ने देखि राष्ट्रिय कलाकारहरूको उपस्थितिमा बिभिन्न किसमका सांस्कृतिक कार्यक्रमहरु समावेस गर्ने गरी कार्यक्रम तयगरीएको १४ नं. वडाका वडाध्यक्ष सन्तु गाहाले बताउनु भएको थियो ।

२०२९ साल माघ ८ गते खजुरी खोलाको पूर्वी किनारामा रहेको सिमलटा“डीबाट शुरु भएको सरस्वती मा.बि. ले अहिले स्वर्ण जयन्ती महोत्षब मनाई रहदा स्वर्ण जयन्ती समुद्घाटनका लागि संघिय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई आमन्त्रण गरीएको वडा नं. १६ का वडाध्यक्ष भिमकाजि गुरुङ्गले बताउनु भएको थियो ।

सरस्वती मा.बि.ले मनाउन लागेको स्वर्ण जयन्तीमा बर्दघाट वडा नं. १४,१५ र १६ का सबैले आपनत्वहुने गरी साथ र सहयोग गर्न स्वर्ण जयन्ती महोत्षब मुल समारोह समितिले सबैमा आग्रह गरेको थियो ।स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि बर्दघाट नगरपालिका,स्थानिय समाजसेवी, विभिन्न संघ सस्था एवम् पुर्व विद्यार्थीहरुको सहयोग रहेको सहसम्योजक दामोदर जिसिले जानकारी दिनु भयो ।स्वर्ण जयन्ती समापन गर्नका लागि ३५ देखि ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस