भूमि आयोग पश्चिम् नवलपरासीको अध्यक्षमा गुरुङ

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ पौष २९, सोमबार (२ महिना अघि)
  • १६३ पटक पढिएको

नवलपरासी,पश्चिम्

भूमि आयोग नवलपरासी पश्चिमको अध्यक्षमा लाल बहादुर गुरुङ नियुक्त हुनुभएको छ ।नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा रहनु भै हाल महासमिति सदस्य पदमा रहनु भएका गुरुङलाई सरकारले गठन गरेकोको भूमि आयोगमा जिल्ला अध्यक्षको रुपमा नियुक्त गरेको हो ।गुरुङ बर्दघाट नगरपालिका वडा नम्बर १५ पृथ्वीबस्ती निवासी हुनुहुन्छ ।

सरकारले ५६ जिल्लामा भूमि आयोग गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सातै प्रदेशका ती जिल्लाहरुमा अध्यक्ष नियुक्त गर्दै आयोग गठन गर्नु भएको हो ।

सत्तारुढहरु दलहरुबीच कांग्रेसले ३५, एमालेले ३५ र जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाको अध्यक्ष सिफारिस गर्नेगरी सहमति भएको बताईएको छ । सरकार परिवर्तन सगै आयोग पनि ढल्ने परिपाटीले पश्चिम् नवलपरासीमा पुर्जा बितरणमा समेत ढिलाई भएको छ ।

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस