पाल्हिनन्दनमा विद्यालयका लेखापाल र व्यवस्थापन समितिका सदस्य घुससहित पक्राउ

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ पौष २४, बुधबार (३ महिना अघि)
  • ११६ पटक पढिएको

नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले नवलपरासी पाल्हिनन्दन गाउँपालिका-५ स्थित राजनारायण माध्यमिक विद्यालय सहायक (लेखापाल) सुरेस गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहारलाई घुससहित बुधबार पक्राउ गरेकाे हाे ।

उनीहरूले भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बुटवल कार्यालयबाट गएको टोलीले कार्यकक्षबाट रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

उक्त रकमसहित पक्राउ परेका उनीहरुकाे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस