प्याब्सन नवलपरासीको अध्यक्षमा डम्बर गुरुङ

  • hamroaakha
  • / शिक्षा /
  • २०८१ पौष २०, शनिबार (३ महिना अघि)
  • ७४ पटक पढिएको

नवलपरासी

निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पश्चिम नवलपरासीको अध्यक्षमा डम्बर गुरुङ्ग निर्वाचित हुनुभएको छ । आज बर्दघाटमा सम्पन्न १६ औँ अधिवेशन मार्फत गुरुङ्ग सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

वरिष्ठ उपायक्षमा घुरहु यादव निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा बालकृष्ण पंगेनी, सचिवमा अविनाश रेग्मी, कोषाध्यक्ष विष्णु चौधरी, सहसचिव कृष्ण शर्मा र सहकोषाध्यक्षमा शन्त बहादुर चौधरी निर्वाचित हुनुभएको छ । १७ सदस्यि कार्यसमितिमा भुगोल तर्फ सदस्यहरुमा रामग्रामबाट दिपनारायण सहानी, बर्दघाटबाट देउमान झेडीमगर, सुनवलबाट भेषराज न्यौपाने, पाल्हीनन्दनबाट कम्लेस माली र प्रतापपुरबाट राज कुमार मुराउ निर्वाचित हुनुभएको निर्वाचन मण्डलका सदस्य ईन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।

खुल्ला सदस्यहरुमा गोपाल बस्याल, सुमित पाठक, कमला शर्मा र कृष्ण प्रसाद गौतम निर्वाचित हुनुभएको छ । अध्यक्ष सहित सबै कार्यसमिति सर्वसम्मत चयन भएको प्याब्सनले जनाएको छ ।

त्यसअघि जिल्ला अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षतामा भएको ३४ आँै साधारण सभा तथा १६ आँै अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजि विद्यालयहरुले एक जुट बन्दै शैक्षिक गुणस्तर थप वृद्धि गर्दे जानुपर्नेमा जोड दिनुभयो । प्याब्सनका लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डेले अब एआई संग प्रतिस्पर्धा गर्न सक्ने गरी शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

प्याब्सनका पुर्व केन्द्रिय सल्लाहाकार सुमन गोपाल आचार्यले प्याब्सनलाई संञ्चालन गर्न विद्यार्थीमा भार पार्न नहुने बताउदै विशुद्ध विद्यालयका प्रमुखहरुको संस्था बन्नुपर्नेमा जोड दिनुभयो । सो क्रममा प्याब्सनका केन्द्रिय सचिवद्धय यादव गिरी र सुर्वण न्यौपाने, केन्द्रिय सदस्य टिकाराम न्यौपाने, सल्लाहाकार ईन्द्र गुरुगं लगायतले धारणा व्यक्त गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस