नवलपरासी ,पश्चिम्
पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको लक्ष्मी स्टील्समा रड लोड गर्ने क्रेनले च्यापेर एकजना मजदुरको मृत्यु भएको छ।
कम्पनीमा काम गर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं ५ तिलौरा निवासी बर्ष २५ का सुरेश चौधरीको क्रेनले च्यापिएर मृत्यु भएको प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
कम्पनीमा रड लोड गर्ने क्रममा खुट्टा चिप्लिन पुग्दा नजिकै रहेको क्रेनले च्यापेपछि चौधरी घाईते भएका थिए । उपचारको लागि देवदह मेडिकल कलेज भलुही ल्याईएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन।
चौधरी विगत पाँच महिनादेखि लक्ष्मी स्टील्समा लेबरको रूपमा कार्यरत रहेका थिए ।क्रेन र क्रेन साहुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।