नवलपरासी-बर्दघाट
पुष १ गते देखि १४ गते सम्म बर्दघाट नगरपालिका वडा नम्बर १४ धर्मबस्तिमा उदय युवाक्लब द्वारा सन्चालित प्रथम धर्मबस्ती कप २०८१ को उपाधी बर्दघाट १२ मा रहेको नव नेपाल किसान युवा क्लब दबिल्लाले हात पार्न सफल भएको छ ।शुन्यका बिरुद्व एक गोलान्तरले दबिल्लाले उपाधी हात पारेको हो ।
यसै गरि दोस्रो उपाधी भुताहा १० ले हात पारेको छ ।प्रथम हुने टिमले नगद एक लाख र द्वितीय हुने टिमले ५० हजार पुरस्कार राशी प्राप्त गरेका छन ।
फुटवल प्रतियोगिताको म्यान अफ द म्याचको उपाधी भुताहा १० का खेलाडी हिमाल थापा,उत्कृष्ट गोल रक्षक निरज मल्ल,हाई स्कोरको उपाधी हिमाल थापा र दबिलाका आसिस तामाङले हात पारेका छन भने बेष्ट प्लेयर को उपाधी आकास थापाले प्राप्त गरेका छ्न ।
पुरस्कार बितरण समारोहमा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले साबिक दाउन्ने क्षेत्र खेलकुदको हब बनिरहेको उल्लेख गर्दै नगरपालिकाले निकट भविष्यमै कृकेट खेलको प्रवर्द्धनका लागि पनि योजना बनाउन लागि रहेको बताउनु भयो ।
पुरस्कार बितरण समारोहमा प्रतियोगिता आयोजनाका लागि सहयोग गर्ने संघ सस्था,समाजसेवी,ब्यवसायिक प्रतिष्ठानहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।