कला संस्कृती संरक्षणका लागि नगरद्वारा बाद्यबादनका सामाग्री प्रदान

  • hamroaakha
  • / कला/संस्कृति /
  • २०८१ पौष १४, आईतबार (३ महिना अघि)
  • १३० पटक पढिएको

 

नवलपरासी

बर्दघाट नगरपालिकाले कला संस्कृतीको संरक्षणका लागि बिभिन्न संस्था तथा समुहहरुलाई बाद्यबादनका सामाग्री प्रदान गरेको छ । वडा भित्र रहेका सङ संस्था र भजन समुहलाई  सामाग्री प्रदान गरेको हो ।

विभिन्न वडाका ९ वटा भजन समुहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।नगरप्रमुख शम्भुलाल श्रेष्ठले कला संस्कृतीको संरक्षणसंगै टोलबासीलाई मनोरन्जन प्रदान गर्नका लागि बाद्यबादनका सामाग्री प्रदान गरिएको बताउनुभयो । मादल, खैजरी, मुजुरा, छाइछाइ, हारमोनियम लगायतका सामाग्रीहरु प्रदान गरिएको हो ।

 

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस