नवलपरासी
गुरुङ समुदायको महत्वपूर्ण चाड २६०८ औ तमु ल्होसारको अवसरमा बर्दघाट नगरपालिका वडा नम्बर १६ मा वडास्तरिय खुला नकाउट भलिबल प्रतियोगीता एवम् सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।शुक्रबारबाट सुरु भएको कार्यक्रमको नगरप्रमुख शम्भुलाल श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरभित्र आयोजना हुने विभिन्न बिधाका खेलकुदका कार्यक्रमहरुले नगरको खेलकुदको बिकासमा मह्त्वपुर्ण भुमिका खेल्ने र दक्ष खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनु भयो ।गुरुङ समुदायको नयाँ बर्षको अवसरमा आयोजना गरिएको कार्यक्रममा सबै समुदाय बिचको भातृत्व सद्भावले सामाजिक एक्यवद्धता कायम हुने हुदा सबैले सबैको सस्कार र परम्परालाई आत्मसाथ गर्नु पर्नेमा जोड दिनु भयो ।
पुष १५ गते राष्ट्रिय तथा स्थानिय कलाकारका साथमा बिभिन्न सास्कृतिक कार्यक्रम आयोजना हुने कार्यक्रमका संयोजक मङ्गल गुरुङले जानकारी दिनुभयो ।कार्यक्रम तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद इकाई समिती शितलबस्तिको आयोजनामा सुरु भएको हो ।