धार्मिक पर्यटनको सम्भावना बोकेको बनदेवी मन्दिर परिसर सरसफाई

  • hamroaakha
  • / सौन्दर्य /
  • २०८१ मंसिर २२, शनिबार (४ महिना अघि)
  • २३७ पटक पढिएको

नवलपरासी-बर्दघाट

बर्दघाट नगरपालिका वडा नम्बर १६ सिद्धनगरमा रहेको धार्मिक पर्यटकीय स्थल बनदेवि मन्दीर परिसरमा सरसफाई गरिएको छ ।

नगरप्रमुख १२ अभियान अन्तर्गत सरसफाई अभियानको निरन्तरता स्वरुप आज बनदेवी परिसर सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट पर्यटनको सम्भावना बोकेको नगर भएकाले यहाँ का धार्मिक एवम् पुरातात्त्विक सम्पदाहरुको सरसफाई अभियानलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नु भयो ।

बनदेवी मन्दिरलाई सौन्दर्यिकरण र ब्यवस्थित बनाउन नगरबाट केही रकम बिनियोजन भएको उल्लेख गर्दै प्रदेश र संघ सरकारबाट थप बजेट माग गरी उत्कृष्ट धार्मिक एवम् पर्यटकिय स्थलको रुपमा बिकास गर्न नगर लागि परेको बताउनु भयो ।

वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले बनदेवी मन्दिरमा पुर्वाधार निर्माण र क्रमिक रुपमा सौन्दर्यिकरणको काम भैरहेको बताउनु भयो ।

अघिल्लो बर्ष पोखरी ब्यवस्थापनका निम्ति २० लाख रुपैयाँको लागतमा बाल निर्माण भएको र यसलाई निरन्तरता दिईने गुरुङले बताउनु भयो ।

पुर्वाधार निर्माण क्रमिक प्रक्रिया भएकाले सरसफाईमा यहाका स्थानिय क्लव,आमासमुह लगायतका संघ सस्था सक्रिय रहनु पर्ने धारणा ब्यक्त गर्नु भयो ।

सरसफाइ कार्यक्रममा स्थानिय क्लब,आमा समुहहरु,जनप्रतिनिधि,सुरक्षा निकाय र विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उत्साहपुर्ण सहभागीता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस