नवलपरासी,पश्चिम्
मेला महोत्सवमा तथा प्रदर्शनीहरुमा विद्यार्थीहरुलाई सहभागी गराईदा पठनपाठनमा असर परेको भन्दै शिक्षा बिकास तथा समन्वय ईकाई नवलपरासीले त्यस्ता कार्यक्रमहरुमा विद्यार्थीलाई सहभागी नगराउन अनुरोध गरेको छ ।
पछिल्लो समय मेला महोत्सवहरुमा विद्यार्थीहरुलाई सहभागी गराईएको अविभावकहरुको गुनासो पछि सबै बिद्यालय सगै निर्णय कार्यान्वयन,सहजीकरणका लागि स्थानिय तहलाई अनुरोध गरिएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई नवलपरासीले सबै विद्यालय र स्थानीय तहलाई परिपत्र गर्दै शैक्षिक क्षेत्रका कार्यक्रम र विद्यालयद्वारा आयोजना हुने शैक्षिक कार्यक्रम बाहेक अन्य कार्यक्रममा सहभागी नगराउन समेत पत्रमा अनुरोध गरिएको छ ।