पदभार ग्रहण समारोहबाटै नवनिर्वाचित वडा अध्यक्ष पक्राउ

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २०, बिहिबार (४ महिना अघि)
  • १३० पटक पढिएको

 

राजविराज —सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहलाई बिहीबार सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जसपा नेपालवाट वडाध्यक्षमा निर्वाचित भएका थिए । बिहीबार पदभार ग्रहण समारोहबाटै प्रहरीले कर्तव्य ज्यान मुद्दामा उनलाई नियन्त्रणमा लिएको हो ।

डाकनेश्वरीमा दुईजनाको हत्याको आरोप वडाध्यक्ष साहमाथि छ । अदालतले जारी गरेको परमादेशबाट उनीविरुद्ध मुद्दा चलेको हो । सप्तरी प्रहरीले वडाध्यक्ष साहलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस