नवलपरासी
अपांग बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको सहयात्री नेपाल सस्थाले ३३ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस बिविध कार्यक्रम गरि मनाएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको सस्थामा अपाङ्ग बालबालिका र अविभावकहरु बिच अन्तरक्रिया गर्नुका साथै अपाङ्ग मैत्री खेलकुदका कार्यक्रम आयोजना गरिएको थियो ।बर्दघाट नगरपालिका वडा नम्बर ११ को समन्वय र सहकार्यमा कार्यक्रम आयोजना गरिएको सस्थाले जनाएको छ ।
सस्थाका अध्यक्ष तिलकुमारी श्रेष्ठको अध्यक्षता एवं वडा नम्बर ११ का अध्यक्ष फरेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा उपस्थित अपांग बालबाकीका र उनिहरुका अविभावकहरुलाई अपाङ्गता हुनु अरु भन्दा फरक हुनु होईन समाजमा समान रुपले बाच्न पाउने सबैको अधिकार हो भन्ने कुराका बारेमा मोटिभेसन गरिएको र स्थानीय तहले अपाङ्ग हरुका लागि निशुल्क उपचार परिक्षणको ब्यवस्था गरेको समेत जानकारी गराईएको सस्थाका सल्लाहकार दामोदर जिसिले बताउनु भयो ।कार्यक्रममा उच्च मनोबलका साथ अपाङ्गता बालबालिकाको भविष्य निर्माणमा सक्रिय अविभावकहरुलाई सम्मान गरिएको छ ।
सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।
नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउँदै छन् । दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न÷गराउन सरकारले आह्वान गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति बञ्चित छन् ।
उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको हो ।
सहयात्री नेपालले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तिल कुमारी श्रेष्ठले पवित्र उदेश्य बोकेर संचालन गरेको सस्थालाई सबैले सहयोग गरी यो समाज सबैका लागि हो भन्ने सन्देश दिन समेत आग्रह गर्नु भयो ।