नवलपरासी पश्चिम्
रामग्राम नगरपालिकाले नवलपरासीको सदरमुकाम परासी स्थीत झरही खोला किनारमा ९० फिट अग्लो शिवको मुर्ति निर्माण गर्ने भएको छ । रामग्राम २ हाटबजारको अन्तिम भागमा निर्माण हुने शिवको मुर्ति निर्माण कार्यको सोमबार नगर प्रमुख धनपत यादवले शिलन्यास गर्नुभएको छ। नगर योजना अन्र्तगत पहिलो चरणमा मुर्ति निर्माण कार्य सुरु भएको हो ।
अनन्त कन्स्ट्रक्सन प्रा.लीले ३३ लाख बराबरको लागतमा पहिलोचरणको मुर्ति निर्माण कार्य थालेको हो । पर्यटकिय तथा धार्मिक स्थलको रुपमा विकास गर्ने लक्ष्य अनुरुप काम थालिएको वडा नम्बर २ का वडा अध्यक्ष निरज रौनियारले जानकारी दिनुभयो । यो नेपालकै दोस्रो अग्लो शिवमुर्ति हुने दाबि गरिएको छ ।
नगर प्रमुख यादवले मुर्ति संगै अन्य संरचना पनि निर्माण गरी झरही खोला किनारलाई करिडोरसंगै पर्यटकिय र धार्मिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनु भयो ।
उक्त स्थलमा शिवमुर्ति निर्माण भएपछि खुल्ला व्यामशाला, सन्तसाधुहरु बस्ने घर, १०८ शिवलिंङ्ग, पानीको फोहोरा आदि निर्माण हुने छ । जस्को लागत ५ करोड बराबर रहेको छ । पोखरामा निर्माण भएको शिवमुर्ति मात्र ५१ फिटको छ तर तलको संरचना सहित १ सय ८ फिट रहेको बताईएको छ ।धार्मिक पर्यटन प्रवर्द्धनका लागि शिव मुर्ति आकर्षणको केन्द्र बन्न सक्ने नगरप्रमुख यादवले बिश्वास व्यक्त गर्नुभयो ।