बुद्धको मावलि दावी गरिएको रामग्रामको पण्डितपुरमा उत्खनन् सुरु

  • hamroaakha
  • / पर्यटन /
  • २०८१ मंसिर १५, शनिबार (४ महिना अघि)
  • ९६ पटक पढिएको

नवलपरासी,पश्चिम्

वुद्धकालिन पुरातात्किव तथा एतिहासिक स्थल पण्डितपुरको उत्खनन् सुरु गरिएको छ ।पश्चिम नवलपरासीको रामग्राम १८ पण्डितपुरमा रहेको वुद्धकालिन पुरातात्किव तथा एतिहाकिक स्थल पण्डितपुरको उत्खनन् आजबाट सुरु भएको हो।

वुद्धको मावली दाबि गरिएको उक्त स्थलमा ठुलो क्षेत्रमा जमिनमुनि संरचनाहरु फेला परेको छ ।जियोफिजिक्स सर्भेका क्रममा ३२ विगाहा क्षेत्रमा जमिनमुनि ईटाका पर्खाल सहितका संरचना फैलिएको पाईएकाले यो वर्ष देखि उत्खनन् सुरु गरिएको पुरातत्वविद् भाष्कर ज्ञवालीले जानकारी दिनुभयो ।

उक्त स्थलमा भेटिएका संरचनाको बेलायतमा गरिएको परिक्षणका क्रममा ईसापुर्व छैठाँै शाताब्दीका संरचना भएको पुष्टि भएकाले थप महत्व थप बढेर गएको ज्ञवालीले बताउनुभयो ।

पुरातत्व विभागको विज्ञ टोलीले तिन हप्ता लगाएर दुई स्थानमा उत्खनन्को काम गर्ने जनाईएको छ । ६० विगाहा क्षेत्रफलमा फैलिएको पण्डितपुरमा चक्र आकारमा जमिनमुनि वौद्धकालिन शहरको संरचना रहेको छ । अहिले त्यहाँ स्थानियले खेतिपाती गर्दे आएका छन्, उक्त स्थलको संरक्षणका लागी जग्गाअधिग्रहण गर्नुपर्नेमा पुरातत्व विभागले जोड दिएको छ।

उत्खनन् शुभारम्भ कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री धुव्रबहादुर प्रधानले लुम्बिनीको मात्रै विकास गरेर वुद्धस्थलको विकास हुन नसक्ने बताउनुभयो । तिनै तहका सरकार बिचको समन्व्यले काम गर्नुपर्नेमा उहाँको जोड छ । पुर्व प्रदेश मन्त्री तथा प्रदेश सभा सदस्य खड्ग बस्नेतले प्रदेश सरकारले पण्डितपुरको संरक्षण र प्रर्वद्धनका लागी १५ लाख बजेट विनियोजन गरेको जानकारी गराउदै नागरिकको जिवनस्तरमा परिर्वतन आउने गरी जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

 

रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले नगरपालिकाले रामग्राम अहिले ४० लाख बजेट विनियोजन गरेर काम गर्न खोजेपनि लुम्बिनी विकास कोष, पुरातत्व विभाग लगायत संघिय सरकार मातहतका कार्यलयका कारण सोचेअनुरुप काम गर्न नपाएको बताउदै तिनै तहका जनप्रतिनिधिहरु पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

पण्डितपुर कोलियगणराज्यको राजधानी शहर मानिन्छ भने वुद्धको मावली भएको दाबि गरिदै आएको छ । उक्त स्थलमा स्थानियको अपनत्व वृद्धि गर्दे संरक्षणमा टेवा पुर्याउन नगरपालिकाले गत वर्षनै पण्डितपुर संरक्षण प्रर्वद्धन तथा विकास समिति गठन गरेको छ ।यसको संरक्षण र प्रवर्द्धनमा नगरप्रमुख यादवले विशेष पहल गर्दै आउनु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस