नवलपुरको मध्यविन्दुमा गैडाको आक्रमणबाट मृत्यु

  • hamroaakha
  • / गण्डकी /
  • २०८१ मंसिर ८, शनिबार (४ महिना अघि)
  • १०० पटक पढिएको

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैँडाले आक्रमण गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस