रामग्राम बाट झण्डै १४ किलो गाँजा सहित महिला पक्राउ

नवलपरासी,पश्चिम्

प्रहरीले पश्चिम् नवलपरासीको रामग्राम बाट गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको छ । परासी भुमही सडक खण्ड अन्तर्गत रामग्राम १२ पचगावा गाँउबाट झन्डै १४ किलो गााजा बरामद गरेको हो। स्थानिय ५० वर्षिय रेशमा देबी राजभरलाई १३ किलो ८८० ग्राम गाजा सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अवैध रुपमा लागुऔषध लुकाई छिपाई राखेको भन्ने सुुचनाको अधारमा पप्रहरी टोलीले खानतलासि गर्ने क्रममा जेब्रा झोलामा लुकाई राखेको अवस्थामा उक्त परिमाणको गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले भरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस