नवलपरासीमा ४ प्रतिशत बढि घरमा अझै पनि शौचालय

 

आज विश्व शौचालय दिवस, नेपालमा पनि मनाईएको छ । तर दिवसको अवसरमा खासै प्रभावकारी सचेतनामुलक कार्यक्रम भने हुन सकेन् । अझै पनि सबै जनसङख्याले शौचालयको पुर्ण प्रयोग नगर्ने गरेको पाईएको छ भने कतिपय घरमा अझै पनि शौचालय छैन् ।

पश्चिम नवलपरासीमा चार प्रतिशत बढि घरमा अझै पनि शौचालय नभएको पाईएको छ । कुल जनसङख्या मध्ये चार प्रतिशतले अझै पनि खुल्ला ठाँउमा दिशापिसाब गर्ने गरेको तथ्याङ्क भएपनि यस प्रति सरोकारवाला निकाय मौन देखिएका छन् । जनगणना २०७८ का अनुसार नवलपरासीमा ४ दशमलव ४० प्रतिशत परिवारको घरमा चर्पि छैन् ।

० दशमलव ६३ प्रतिशत जनसङख्या सार्वजनिक चर्पिको भरमा छ भने कुल जनसङख्या मध्ये धेरै घरमा साधारण खालको शौचालय रहेको छ । ५५ दशमलव ८४ प्रतिशत जनसङख्याले सामान्य चर्पि प्रयोग गर्ने गरेका छन् भने ३५ दशमलव ५८ प्रतिशत परिवारले सेफ्टि ट्याङ्कि सहित फ्लस भएको शौचालय प्रयोग गर्छन भने ३ दशमलव ५४ प्रतिशत परिवारले फ्लस भएको आधुनिक शौचालय प्रयोग गर्ने गरेपनि सेफ्टि ट्याङ्कि नबनाई ढलमा मिसाउने गरेका छन् ।

नवलपरासी जिल्ला २०७२ सालमै खुल्ला दिशामुक्त जिल्ला घोषणा भएपनि अझै पनि पुरै घरमा शौचालय छैन् । यसप्रति स्थानिय तह सहित सरोकारवाला निकायले पनि कुनै चासो दिएको पाईदैन् । हरेक वर्ष नोभेम्बर १९ का दिन संसारभर सफाइ चेत विस्तार गर्न शौचालय दिवस मनाइन्छ । यो वर्ष संयुक्त राष्ट्र सङ्घले सुरक्षित शौचालयको प्रयोगलाई शान्तिसँग जोडेर नारा तय गरेको छ ।

नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त देश घोषणा गरिएको छ । तर अझै पनि झण्डै साढे ५ प्रतिशत जनसङ्ख्यासँग शौचालयको अभाव छ । सबै जनसङ्ख्यामा शौचालयको पहुँच पुर्याइ फोहरपानी र दिसाजन्य लेदो प्रशोधन गरी व्यवस्थापन गर्न सके मात्र खुला दिसामुक्त अवस्थाको दिगोपना हुने सरसफाइ अभियन्ताहरु बताउँछन् ।

खुला ठाउँमा दिसापिसाब गर्नाले यसले खानेपानीका स्रोत, मुहान, खोला, नाला, नदी प्रदूषित गराउने र त्यसबाट हैजा, टाइफाइड, झाडापखाला जस्ता रोग फैलिन गइ आम नागरिकको स्वास्थ्यलाई असर पार्ने भएकाले शौचालय निर्माण र उपयोगको कार्यलाई प्राथमिकता दिने गरिएको छ ।आम नागरिकका लागि सार्बजनिक स्थानमा समेत सार्बजनिक शौचालय छैनन ।

नेपालले आधारभूत सरसफाइमा प्रगति हासिल गरे पनि सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइमा भने नेपालको प्रगति कमजोर रहेको विज्ञहरु बताउँछन् । आउँदा दिनमा विभिन्न कारणले शौचालयको सुविधा नपुगेको जनसङ्ख्यामा शौचालय निर्माण गर्ने र शौचालयको सेप्टिक ट्याङ्की भरिएपछि सुरक्षित तरिकाले खाली गरी ढुवानी एवं प्रशोधन गरी पुनः प्रयोग वा सुरक्षित व्यवस्थापन गर्नुपर्ने विज्ञहरुको सुझाव छ

ताजा अपडेट

खोजी गर्नुहोस