सुस्ताको ठाडिघाटमा सशस्त्र प्रहरी र स्थानिद्वारा छठघाट सरसफाइ 

 

नवलपरासी

सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न. ५ ठाडीघाट नारायणी नदिको छेउमा रहेको छठघाट सरसफाइ गरेको छ । सशस्त्र प्रहरी बिओपी  बलिनगरले ठाडीघाटमा सरसफाई गरेको हो ।

सशस्त्र प्रहरी बिओपी बलिनगरका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाको नेतृत्वमा रहेको सशस्त्र प्रहरी टोली र स्थानियहरुको सहभागीतामा छठ पुजा स्थलको रुपमा रहदै आएको नारायणी नदि किनारको ठाडिघाट सरसफाइ गरिएको हो ।
छठ पर्वका श्रद्धालु भक्तजनले बिहिवार अस्ताउदो र शुक्रबार  उदाउदो सुर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा सम्पन्न  हुन्छ ।

छठ पर्व कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिनदेखि छठ पर्व आरम्भ भई कार्तिक मास शुक्ल पक्षको  षष्ठीको  दिन यो पर्व मनाउने गरिन्छ ।

सन्तान प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिन्छ ।

त्यसैगरी मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी,मेवा, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाई अर्घ दिने गरिन्छ ।
नवलपरासीका विभिन्न स्थानमा छठ पर्वका लागि नदिकिनार सजाईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस