नवलपरासी,पश्चिम्
पश्चिम् नवलपरासीको सुस्तामा देउसी भैलो खेल्ने समूह बोकेर हिडेको गाडि दुर्घटना हुँदा १० जना घाईते भएका छन ।
आज बेलुका झण्डै ५:३० बजेको समयमा सुस्ता गाउँपालिका वडा नम्बर ३ बिगेप स्थित भित्री सडक खण्डमा लु ३ च ६०३२ नम्बरको पिकप गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।देउसी भैलो टोलि बोकेर हिडेको पिकप गाडिले बाख्रालाई जोगाउने क्रममा अनियंत्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले जनाएको छ ।
दुर्घटनामा परि १० जना घाईते भएका छ्न ।उनिहरु मध्ये ४ जनाको अवस्था मध्यम र ६ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।घाईतेहरुलाई उपचारका लागि सहिद स्मृति अस्पताल चौपत्ता लगिएको छ ।गाडिमा २५ जना सवार रहेको प्रहरीले बताएको छ