नवलपरासी । भाषा, कला, सस्कृती र सभ्यतामा नेपाल धनी राष्ट्र भएको प्रतिनिधि सभा सदस्य सरिता भुसालले बताउनु भयो । ११६ औं लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा बोल्दै भुसालले नेपाल बहुजाती बहु भाषा विभिन्न जात जातीको फुलवारि रहेको बताउनु भयो ।
नेपाल भूगोल र जनसंख्याको आधारमा सानो भए पनि भाषा, कला र सस्कृती ठुलो मुलुक रहेको उहाँको भनाई थियो । ” हामी नेपाली पन र नेपाली कला भाषा, सस्कृती र सभ्यतामा धनी छौं यसको सरक्षण र जगेर्ना गर्न सके राष्ट्रको बिकास गर्न सकिन्छ ।” खनालले भन्नु भयो ।हाम्रा पुर्खादेखिका सभ्यता पुस्तान्तरण हुनुपर्नेमा भुसालको जोड रहेको थियो ।
बर्दघाट प्रज्ञा प्रतिस्ठान र बर्दघाट साहित्य समाजको सयुक्त आयोजनामा गरिएको कार्यक्रममा लक्ष्मी प्रसाद देवकोटाको साहित्यीक क्षेत्रको योगदानको चर्चा गरिएको थियो । बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरले साहित्य क्षेत्रबाट बर्दघाटलाई चिनाउनला लागी बर्दघाट प्रज्ञा प्रतिष्ठान महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो । देवकोटाले साहित्यमा मात्र होइन, समाज सुधारको क्षेत्रमा पनि योगदान पुर्याए नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
महकवि लक्ष्मी प्रसाद देवकोटाले शिक्षा र संस्कृतिका पक्षमा क्रियाशील रहदै समाजमा परिवर्तन महत्त्वपूर्ण भुमिका खेलेको श्रेष्ठको भनाइ छ । त्यस्तै देवकोटा अहिले हामी माझ नभए पनि उहाँ योगदानले नेपाली साहित्यलाई विश्वभर परिचित गराएको नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भयो । उहाको साहित्य क्षेत्रको योगदानले अजर र अमर बनाइरहेका उल्लेख गर्नु भयो ।
कार्यक्रममा मदन बिष्ट, बिश्वराज भट्टराई, लक्ष्मी बर्तौला, बिनोद चौधरी लगायतले रचना वाचन गर्नु भएको थियो । बर्दघाट प्रज्ञा प्रतिस्ठानका सदस्य प्रकाश न्यौपानेको धन्यवाद रहेको कार्यक्रममा बर्दघाट साहित्य समाजका अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षता, बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव शरद पौड्यालको सञ्चालन रहेको कार्यक्रममा स्वागत दिपप्रकाश लोहनीले गर्नु भएको थियो ।