पर्यटकिय स्थलकोे प्रचार प्रसार गर्न बर्दघाट प्रज्ञा प्रतिष्ठानको महोत्सव

  • hamroaakha
  • / पर्यटन /
  • २०८१ बैशाख २३, आईतबार (११ महिना अघि)
  • ३७ पटक पढिएको

२३ बैशाख, नवलपरासी
पर्यटकिय स्थलहरुको प्रवद्र्धन गर्नका लागि बर्दघाट प्रज्ञा प्रतिष्ठानले गज्जबको विधि अपनाएको छ । बर्दघाट नगरपालिका भित्र रहेका धार्मिक। सांस्कृतिक एवं ऐतिहासिक पर्यटकिय स्थलहरुमा देशका विभिन्न भुभागका साहित्यकार, पत्रकार र अन्य प्रबुद्ध ब्यक्तिहरुलाई भ्रमण गराएर त्यस ठाउँको जानकारी दिन त्रिदिवसीय साहित्यिक, सांस्कृतिक तथा पर्यटन महोत्सवको आयोजना गरिएको छ ।

पहिलो दिन शनिबार वडा नम्बर १२ मा रहेको धार्मिक एवं अ‍ैतिहाँसिक बुद्धमंगल ताल, वडानम्बर १६ मा रहेको बनदेवी मन्दिर र वडा नम्बर ५ मा रहेको कञ्चनगढीमा कार्यक्रम सम्पन्न भएको छ ।

हरेक क्षेत्रमा पुग्दा स्थानिय स्तरमा प्रचलित कला संस्कृतिहरुको प्रस्तुती, त्यहाँको ऐतिहासिक तथा धार्मिक महत्व, विकासका लागि भएगरेका प्रयत्नका बारेमा नगर बाहिर बाट बोलाईएका अतिथिहरुलाई जानकारी गराईएको थियो ।

स्थानियस्तरमा प्रचलित कला संस्कृतिको प्रस्तुति दिँदै गर्दा सामाजीक सहिष्णुताको भाव ब्यक्त गर्ने दृष्यहरु पनि देखीन्थ्यो । बुद्धमंगल तालमा पुग्दा पहाडि समुदायले भजन कृतन प्रस्तुत गर्दा तराईका मुलबासी थारु समुदायका महिला दिदीबहीनीहरु नाचिरहनुभएको थियो । थारु समुदायले भजन प्रस्तुत गर्दा पहाडिया समुदायले साथ दिईरहनुभएको थियो ।

बनदेवी र कञ्चनगढीमा पुग्दा एकै मञ्चमा ब्रामण समुदायको भजन, थारु समुदाय र मगर समुदायको नृत्य देख्दा सहिष्ण्ुता र सांस्कृतिक विविधता झल्कीरहेको थियो ।

एकातर्फ पर्यटपकय स्थलहरुको सौन्दर्यता त्यस संगै स्थल संग जोडिएका पुराना ईतिहाँस, जनश्रुति र मान्यताहरुको वर्णन गरिरहँदा अतिथिहरुले निकै रुचिका साथ मनन गर्नुभएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगरभित्र रहेका धार्मिक र सास्कृतिक महत्व बोकेका स्थलहरु स्थलगत अवलोकनसहितको महोत्सव राखेर बर्दघाटलाई नै चिनाउने काम गरेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । “अहिले आगामी बर्षका लागि योजना तर्जुमा गर्दै छौ । चालु आर्थिक बर्षमा पर्यटन प्रवर्द्धनका लागी प्रज्ञालाई राम्रोसङ्ग कार्यक्रम गर्न बजेट अभाव महशुस गरेकोमा आगामी आ.व. मा प्राथमिकतामा राखेर निति तथा कार्यक्रम र बजेट ल्याउने तयारीका साथ अघि बढेका छौं ।“ श्रेष्ठले भन्नुभयो ।

 

बर्दघाट नगरलाई कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिदै पर्यटनलाइ रोजगारसङ्ग जोड्ने बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भयो । हामीले बर्दघाटको पर्यटन बिकासलाई रोजगार र आर्थिक विकासमा जोड्नका लागि स्थानिय जातजाती र भाषा भाषीको पहिचान हुनेगरि खानाका परिकारहरु र सास्कृतिक झलकका प्रस्तुतिलाई जोडेर ल्यौजाने गरि नगरबाट गरेका छौँ ।“ उपाध्याय भन्नुभयो ।

 

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपाने परिश्रमीले महोत्सवले बर्दघाट नगर भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरी राष्ट्रमा चिनाउने प्रमुख उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताउनु भयो । नगर भित्रका जातजातीहरुको सांस्कृतिक झलकहरुको प्रस्तुत गर्दै आज २२ गते पहिलो दिन बिहान बुद्धमङ्गल ताल, वनदेवी मन्दिर हुँदै कञ्चनगढीसम्मको अवलोकन, रचना वाचन, गायन तथा स्थानीय जातजातिहरूका नृत्य प्रदर्शन गर्ने गरिएको कुलपति न्यौपानेले बताउनु भयो ।

 

भोलि २३ गते दोस्रो दिन सिमसार, सहिदपार्क र संसारकोटको अवलोकन रचना वाचन, गायन तथा स्थानीय जातजातिहरूका नृत्य प्रदर्शन गरिने प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब शरद पौड्यालले उल्लेख गर्नु भयो । साहित्यीक, सांस्कृतिक तथा पर्यटन महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्ला र गण्डकी प्रदेशका पुर्वी नवलपरासी र चितवनबाट भाषा साहित्य, कला, संस्कृतिसँग आबद्ध सघ संस्थाका प्रतिनिधि र साहित्य प्रेमी व्यक्तिहरुको उपस्थिति रहेको पौड्यालले जानकारी दिनु भयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस