नवलपरासी,पश्चिम्
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका वडा न ९का नबिन्द्र गुप्तालाई प्रतापपुर गाउपालिकाले प्रोत्साहन सहित सम्मान गरेकाे छ।बिबिएको तेस्रो सेमेस्टरमा देशभरीमै उत्कृष्ट ४ जिपिए अंक ल्याएका उनलाई पालिकाले प्रोत्साहन सहित सम्मान गरेको हो ।
उनले पालिकाको सम्मानले आफुलाई थप उर्जा र हौसला मिलेको बताए।पालिकाले यत्रो सम्मान गर्ने कुरा आफुले नसोचेको उनले बताए ।”मैले यत्रो प्रोत्साहन गर्छ पालिकाले सोचेको थिईन,यो अरु बिद्यार्थीका लागि पनि हौसला हो खुसिको कुरा हो,पालिकाको शैक्षिक सुधारमा पनि यो कुराले नयाँ सन्देश दिएको छ,यो हौसला, प्रोत्साहनका लागि पालिका अध्यक्ष प्रती आभारी छु खुसी छु ” उनले भने ।अरुलाई पनि लगनशिल भएर पालिकाको नाम राख्न उनले अनुरोध गरे ।
प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले नबीन्द्र गुप्ताले शैक्षिक क्षेत्रमा फड्को मार्दै गर्दा सामुदायिक सरकारी बिद्यालयप्रतिको धारणालाई परिवर्तन गरेको बताउनु भयो।”रकमको कुरा भन्दा पनि हामिले मेहनती र जेहेन्दार विद्यार्थीलाई सम्मान गरेका हौ प्रोत्साहन गरेका हौ”अध्यक्ष यादवले भन्नू भयो ।
उनको परिचय अब गाउँपालिकाको प्रतिष्ठा सग पनि जोडिएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष यादवले आफू निर्वाचित भए देखि नै पालिकाको शैक्षिक गुणस्तर सुधारमा विभिन्न योजना हरु अघि बढाएको उल्लेख गर्नु भयो ।पालिकाले उनलाई ६५ हजार ५ सय रकम सहित प्रोत्साहन गरेको हो ।
प्रतापपुर गाउपालिकाले अघिल्लो आर्थिक बर्ष देखि नै शैक्षिक बेरोजगारको अन्त्य गर्न शिक्षण अनुमति पत्र भएकाहरुबाट आबेदन माग गरि उनिहरुलाई सामुदायिक बिद्यालयमा अस्थायी रुपमा नियुक्त गरि पठनपाठनलाई सहज बनाएको छ ।