दाउन्नेमा सडक भासिदा पुर्वपश्चिम राजमार्ग अवरुद्ध

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १४, सोमबार (६ महिना अघि)
  • १०६ पटक पढिएको

 

नवलपरासी

पुर्व पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका-४, खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग भासिन गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताउनुभयो ।

सडक भासिएको र पोल ढलेको कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

जसले गर्दा सयौँ सवारी दाउन्नेवारि र पारि अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय र विद्युत कार्यालय नवलपरासीसँग समन्वय गरेर अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

एकतर्फ भीर र अर्कोतर्फ पहाड भएकाले तत्कालै डाईभर्सन बनाउन समस्या रहेको छ ।प्रहरीले सडक नबनुन्जेल बैकल्पिक बाटो प्रयोग गर्न सुझाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस