पश्चिम नवलपरासीको रामग्राम १२ पचगावामा छठौ रामग्राम कप खुल्ला फुटवल प्रयितोगिता सुरु भएको छ । साझा युवा कल्ब रामग्राम १२ को आयोजनामा सुरु भएको प्रतियोगिताको आज एक कार्यक्रमका बिच रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको आज भएको उद्घाटन खेलमा हटिअमवा युवा कल्ब रुपन्देहि बिजयी भएको छ । हटिअमवाले गैडाखाल युवा कल्ब सुनवललाई शुन्यका विरुद्ध एक गोलले हराएको छ । दुवै टिम बिच कडा प्रतिस्पर्धा भएको थियो ।
खेलको अन्तिम मिनेटमा गैडाखालका खेलाडीले फल गरेपछि हटिअमवाले पाएको पेनाल्टीको अवसरलाई अजय पासिले गोलमा परिणत गरेपछि जित सुनिश्चित भएको हो ।
आजको खेलमा हटिअमवाका जर्सि नम्बर ३ का खेलाडी नितिन राज भण्डारी म्यान अफ द म्याच भएका छन् । प्रतियोगिताको उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख यादवले नगरपालिकाले यस्ता प्रतियोगितालाई प्रोत्साहन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले खेलकुदमा आर्कषण वृद्धि गर्न स्थानिय स्तरमा आवश्यक रंगशालाको आवश्यकता पुरा गर्ने बताउदै जितपुरमा बन्दै गरेको रंगशाला यसै वर्ष पुरा हुने जानकारी दिनुभयो ।
खेलकुदको समग्र बिकासमा नगर अग्रसर रहेको बताउदै प्रमुख यादवले स्बै विधाका खेललाई प्रोत्साहन गर्दै लगिनु पर्नेमा जोड दिनु भयो ।
सो क्रममा वडा नम्बर १२ का वडा अध्यक्ष लोकबहादुर चौधरी, रास्वपाका रामग्राम नगर संयोजक रवि पाण्डे, रेनुका चौधरी लगायतले बोल्नुभएको थियो । १८ टिम सहभागी प्रतियोगिताको विजेताले ५० हजार १ सय ५ रुपैयाँ र उपविजेताले २५ हजार एक सय ५ रुपैयाँ मेडल र कप पाउने कल्बका अध्यक्ष देवनारायण लोनियाले जानकारी दिनुभयो ।