राष्ट्रपती र स्वास्थ्यमन्त्री पौडेल नवलपरासी आउनुहुँदै

 

नवलपरासी,पश्चिम्

राष्ट्रिपति रामचन्द्र पौडेल पश्चिम् नवलपरासी आउनु हुने भएको छ ।नेपालको ऎतिहासिक भुमी सुस्तामा मा नारायणी नदिमाथी निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको समुद्घाटनका लागि उहाँ नवलपरासी आउन लाग्नु भएको बताईएको छ ।यहि असोज १० गते झोलुङ्गेपुलको उद्घाटन हुने कार्यक्रम रहेको छ ।

यसैगरी बर्दघाट नगरपालिकाको चिसापनी अस्पतालमा काठमाडौ उपत्यका बाहिरको पहिलो ट्रमा सेन्टरको शिलान्यास कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल आउनु हुने भएको हो ।असोज १३ गते बृहत् कार्यक्रमका बिच बहुप्रतिक्षित बर्दघाट ट्रमा सेन्टरको शिलान्यास गर्ने कार्यक्रम रहेको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस