|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?
नवलपरासी,पश्चिम्
पश्चिम् नवलपरासी हुँदै बिक्रिका लागि मिनिट्रकमा कोचाकोच गरी हेटौंडा तर्फ लैजादै गरेका गाईगोरुलाई प्रहरीले ट्रक सहित नियन्त्रणमा लिएको छ ।
शुक्रबार नवलपुरको विनयी त्रिवेणी २ अन्तर्गत दाउन्नेबाट प्रहरी टोलीले उक्त गाई गोरु र ट्रक सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।
ग. प्र. ०३–००१ ख २२७० मिनि ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा दाउन्ने प्रहरीले सूचनाका आधारमा १५ वटा जर्सी गाई र ४ वटा गोरु लोड गरिएको ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
१५ वटा गाई र ४ वटा गोरु मासु परियोजनका लागि बिक्रीको लागि लागिएको सूचनाको आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जसमध्ये एउटा गाई र एउटा गोरु ट्रकमै मृत अवस्थामा फेला परेका थिए । मृत गाईगोरुलाई स्थानिय र जनप्रतिनिधिको रोहबरमा गाडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरी रेग्मिले बताउनुभयो ।
गाई गोरुलाई त्रिवेणी स्थित गजेन्द्र मोक्षधाममा लगिए पनि त्यहाँ राख्न नमाने पछि जहाँबाट ल्याएको हो त्यही लगेर छाड्ने प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । केही गाई स्थानियलाई दिईएको उहाँले बताउनु भयो ।
पछिल्लो तीनवर्ष यता दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका प्रहरी प्रमुखसँग सेटिंग मिलाएर विभिन्न स्थानमा खरिद गरिएको चौपाय मासुको प्रयोजनका लागि पूर्वी नाका हुदै बंगलादेश लैजाने गरेको पाइएको छ ।
गाईगोरी तस्करी नियन्त्रणका लागि कानुनी स्पष्टताको अभावले असहज हुने गरेको प्रहरी उपरीक्षक रेग्मिले बताउनुभयो ।प्रहरीको आँखा छल्न तस्करहरुले फर्म दर्ता गरी एउटा फर्म बाट अर्को फर्मका नाममा बिक्री गर्ने गरि कागज बनाएर तस्करी गर्ने गरेको प्रहरीले जनाएको छ ।