पश्चिम नवलपरासीमा हर्षोल्लासका साथ मनाइयो मोहम्मद जयन्ती

  • hamroaakha
  • / कला/संस्कृति /
  • २०८१ भाद्र ३१, सोमबार (६ महिना अघि)
  • १४१ पटक पढिएको

 

पश्चिम नवलपरासीमा पनि मोहम्मद जन्मज्यन्ती धुमधामका साथ मनाइएको छ । आज विश्वभरिका मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९९ औँ जन्मज्यन्ती धुमधामका साथ मनाई रहेका बेला नवलपरासीका मुस्लिमहरु धर्मावलम्बीहरुले परासी सदरमुकाममा वृहद ज्लुस निकाली उक्त ज्यन्ती धुमधामका साथ मनाएका हुन् ।

राष्ट्रिय ओल्मा काउन्सिल नेपाल र मोहम्मद ज्यन्ती मुल समितिको संयुक्त नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा र्याली निकाली मोहम्मद ज्यन्ती मनाइएको हो । जिल्लाको विभिन्न गाउँ तथा पालिकाहरुबाट आएको स–साना मोहम्मद ज्यन्ती ज्लुसहरु रामग्राम २ हाटबजारमा जुटी एक भव्य ज्लुसको सकल दिइएको थियो ।
हाटबजारबाट निकालिएको उक्त भव्य मोहम्मदी ज्लुस बाईपास चोक, घोडपाली हुदै जिल्ला प्रशासन, घण्टाघर चोक हुदै बुद्धचोकको परिक्रममा गरेको थियो । मोहम्मद ज्यन्ती ज्लुस परासी बजारका मुख्य मुख्य चोकहरु परिक्रमा गर्दै बुद्धचाक स्थित सानो काणसभा पश्चात परासी हाटबजारको वृहद कोणसभामा परिणत भएको थियो ।
मोहम्मदी ज्लुसमा हजार बढि मुस्लिमहरुको सहभागिता रहेको थियो । ज्लुमा सहभागीहरु, ईस्लामिक पोषाकमा सजिएर रंगिचंगी ब्यानर, ईस्लामि तथा राष्ट्रिय झण्डा बोकी विभिन्न धार्मिक, सामाजिक र राष्ट्रिय नारा लगाउदै ज्युस घुमाएका थिए ।
ईस्लाम धर्मका अन्तिम र ठुलो पैगम्बर आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले दिएको ईस्लामि तथा सामाजिक सन्देश दिन मुस्लिम समुदायहरु बर्षेनी यसरी भव्यताका साथ मोहम्मद ज्यन्ती मनाउदै आएका छन् । बर्षेनी अरबी हिजरीकोे छैठों महिनाको १२ तारिख बारह रबिउल अव्वलका दिन मुस्लिम समुदायहरु यो मोहम्मद ज्यन्ति मनाउदै आएको राष्ट्रिय ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिंयाले बताउनु भयो । उहाँले आजकै दिन हाम्रो पैगम्बर हजरत मोहम्मद साहबको जन्म भएको दिन भएकाले हामीहरु खुशी र उत्सव मनाउन यो ज्लुस निकालेको बताउनु भयो ।

पैगम्बर मोहम्मद साहब आएपछि समाजमा रहेका कुपर्था तथा विकृति विसंगतीलाई समाप्त पारी सहि मार्गदर्शन गरेको मुस्लिम समुदायको धर्मिक मान्यता रहेको छ । विश्वभरि संगै आईतबार नवलपरासीमा पनि ४० बढि गाउँहरुमा विहान स–साना मोहम्मदी ज्लुस निकाली गाउँभरि परिक्रमा गर्दै मोहम्मद ज्यन्ति मनाइयो । मोहम्मद ज्यन्तीको शुभ अवसर पारी विभिन्न गाउँहरुमा मिलादी तथा फतेहा खानी जस्ता कार्यक्रम समेत आयोजना समेत गरिएको थियो ।

यस अवसरमा शुभकामना आदानप्रदान गर्ने, नमाज, कुरानय पढने, दानपुन गर्ने, सामाजि सदभाव कायम गर्ने मिठो मिठो पक्वान पकाई साथीभाईहरुलाई खुवाउने र ईस्लाम धर्मका सन्देश दिने जस्ता मुख्य कार्यहरु गरिने गरिन्छ । मोहम्मद ज्यन्तीको शुभ अवसरमा २ दिन अगाडी यसै जिल्लामा राष्ट्रिय धार्मिकता एकता सम्ममेलन र हिजो आईतबार पृथ्वीचन्द्र अस्पतालका विरामीहरुलाई फलफुल समेत विरतण गरिएको थियो । कोणसभामा ओल्मा काउन्सिल नेपालका अध्यक्ष सैदय गुलाम हुसैन मिँया, मोहम्मद ज्यन्ती समितिका अध्यक्ष हैदर अलि मोमिन, हाजी तैयब अलि अंसारी, मोलाना मोहरम अनि निजामी, मोलाना उमर अलि निजामी, समाजसेवी अमिरुल्लाह मिँया, समाजसेवी कासिद अलि लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

नवलपरासी विभिन्न ठाउँमा मोहम्मद जयन्ती हर्षोल्लासका साथ मनाईएको छ ।यस्तै बर्दघाट नगरपालिका वडा नम्बर १६ मा मोहम्मद जयन्तीका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले सबैले सबैको धर्म र सस्कृतिको सम्मान गर्दै अघि बढ्न सक्नुपर्नेमा जोड दिदै सबै समुदायक पर्वहरुले एकताको सन्देश समेत प्रवाह गर्नु पर्ने उल्लेख गर्नु भयो ।

मोहम्मद जयन्तीमा अन्य समुदायको साथ सहयोग र उपस्थिति रहनुले पनि धार्मिक सहिष्णुता सद्भाव झल्किएको मुस्लिम संघ नवलपरासीका पुर्व अध्यक्ष करिम खानले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस