नवलपरासी,पश्चिम्
हुलाकी सडक निर्माणको काम सुरु गर्ने लगायतका विभिन्न बिषयमा सहमति पछि आमरण अनशनमा बस्नु भएका प्रतापपुर गाउँपालिका अध्यक्ष यादवले अनशन तोड्नु भएको छ ।
लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री भुमीश्वर ढकालले अध्यक्ष यादवलाई जुस खुवाएर अनशन तोडिएको हो ।मन्त्री ढकालको उपस्थितिमा असोज २ गतेदेखी निर्माण कार्यलाई तिब्र गतिमा सुरु गर्ने सहमति पश्चात् गाउँपालिका अध्यक्ष यादवले अनशन तोड्नु भएको हो । अधुरा आयोजनाहरु तिनै तहका सरकार मिलेर सम्पन्न गर्नु पर्नेमा मन्त्री ढकालले जोड दिनुभयो ।
पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित गोपिगन्ज देखि बेलाटारी सम्मको हुलाकी सडक ६ बर्ष सम्म निर्माण सम्पन हुन नसकेपछि तत्काल काम सुरु गर्नु पर्ने माग सहित प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव आमरण अनशन बस्नु भएको थियो ।