सवारी दुर्घटनामा साईकल यात्रीको मृत्यु 

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २२, शनिबार (७ महिना अघि)
  • ९७ पटक पढिएको

नवलपरासी,पश्चिम्

मोटरसाइकल र साईलल एकआपसमा ठक्करबाट बर्दघाटमा एक जनाको मृत्यु भएको छ ।
गएराती करिब ८ बजेको समयमा जमुनियाबाट नारायणचोक तर्फ जाँदै गरेको लु ४ प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठक्कर खादा बर्दघाट नगरपालिका वडा नम्बर १३ नारायणचोक बस्ने बर्ष ४७ को सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।दुर्घटनामा प्रतापपुर गाउँपालिका २ गोपिगन्ज बस्ने १७ बर्षका मोटरसाइकल चालक किशोर घाईते भएको र उनको उपचार भैरहेको प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

:फाईल फोटो

ताजा अपडेट

खोजी गर्नुहोस