धान कटाईमा मेसिनको प्रयोग बढ्दो,प्रविधिमैत्री कृषि तर्फ आकर्षण

नवलपरासी,पश्चिम् । पछिल्लो समय कृषिको परम्परागत शैलीलाई बिस्थापित गर्दै प्रविधिमैत्री खेती विस्तारमा कृषक आकर्षित हुँदै गएका छन् ।प्रविधिको बिकास सगै सहज र समयको बचत हुने भएपछि कृषिमा यान्त्रिकिकरण हुन थालेको छ ।

केही बर्ष देखि यता नवलपरासीमा पनि धान काट्नका लागि विभिन्न उपकरणहरु प्रयोगमा आउन थालेका छ्न ।कृषकले मिनिटेलर, थे्रसर र धान काट्ने मेसिनको माग बढाएका छ्न ।हातैले धान काट्दै आएका किसानहरुले मेसिनको प्रयोग गर्दै आएका हुन ।

बिगतमा गोरु र धेरै संख्यामा खेतालाहरु प्रयोगबाट गरिँदै आएको धान खेतीमा पछिल्लो समय किसानहरु प्रविधिमैत्री खेतिमा लाग्न थालेका छ्न ।ठुला फाट एवं भौगोलिक रुपमा सहज भएका खेतहरुमा भारतबाट आउने ठुला मेसिनहरुबाट धान कटानी हुँदै आएको छ भने अन्यत्र साना हाते ट्याक्टरमा जडान गरिएको प्रविधि बाट धान काटिदै आएको छ ।

स्थानीय तह, कृषी ज्ञान केन्द्र र केहि सहकारीहरुले विभिन्न कृषि यन्त्रहरु लागत साझेदारीमा वितरण गरेपनी सबै किसानको पहुँचमा भने पुग्न सकेको छैन ।जिल्लामा धान रोप्ने मेसिन त्यति प्रचलनमा आएको छैन यद्यपि काट्ने देखि थन्क्याउने बेलासम्म अधिकाङ्स प्रविधिको प्रयोगले किसानलाई सहज तुल्याएको छ ।भनेको समयमा खेताला नपाईनु,जनशक्तिको अभाव लगायतका समस्यालाई मेसिनको प्रयोगले सहज बनाएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर १४ का किसान लक्ष्मण जङ्ग हमालले मेसिनको प्रयोग बाट १ घन्टामा ६ कट्ठाको धान काट्न सकिने बताए ।आफैले उक्त मेसिन खरिद गर्नु भएका हमालले स्थानिय तहहरुले कृषकको लागत साझेदारीमा यस्ता उपकरणहरु उपलब्ध गराउनु पर्ने बताए ।

ठुला मेसिनहरुले धान कटानी गर्दा पराल (छवाली )धुलो बनाउने भएकाले अधिकाङ्स किसानहरुले मिनिटेलरको प्रयोग गर्दै आईरहेका छन ।धान सगै त्यसको पराल आम पशुपालक किसानले पशु आहारको रुपमा जोहो गर्छन ।हरियो घाँस नभएको सिजनमा कृषकहरुका लागि पराल सहज बन्ने गर्दछ ।पराललाई किसानले टौवा बनाएर बर्षभरीका लागि समेत ब्यवस्थापन गर्दछन ।

नवलपरासीमा कृषि खेतीमा धान प्रमुख बाली हो ।
तर समयमा मल बीउ बिजन सिचाइ सुबिधाको अभावबाट अपेक्षित रुपमा उत्पादन हुन नसकेको कृषकहरुको गुनासो छ ।

ताजा अपडेट

खोजी गर्नुहोस