आगजनी र तोडफोडमा साथ दिने जनप्रतिनिधि र कर्मचारीलाई कारबाही हुने

नवलपरासी । बर्दघाट नगरपालिकाले भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा निजी र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्ने जनाएको छ ।

नगरपालिकाको कार्यालयमा आगजनी र तोडफोडको घटनामा निर्वाचित जनप्रतिनिधि र नगरपालिकामा कार्यरत हालका कर्मचारी प्रत्यक्ष वा बल पुग्ने गरि समर्थन गरेको संलग्न भएको भेटिएपछि नगरपालिकाले कारबाही अघि बढाएको बताईएको छ ।

बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बुधबार मेयर शम्भुलाल श्रेष्ठ संयोजकत्वमा ७ सदस्य रहेको छानबिन समिति बनाइएको जानकारी दिनुभयो ।

तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधिको सबै सेवा सुविधा बन्द गर्ने र कर्मचारीलाई नगरपालिकाबाट हटाउनेसम्मको कारबाही गर्ने सहमति भएको मेयर श्रेष्ठले जानकारी दिनुभयो । प्रारम्भिक छानबिनमा कम्तीमा ८ जना ( जनप्रतिनिधि र कर्मचारी) तोडफोडमा संलग्न रहेको प्रमाण फेला परेको नगरपालिकाले जनाएको छ ।

संलग्न को नाम सार्वजनिक नभएको र अनुसन्धानकै प्रक्रियामा रहेकाले प्रमाण भेटिए कारबाही हुने नगर प्रवक्ता सन्तबहादुर गाहले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस